१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ बैशाख ११ आइतबार
  • Thursday, 03 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ बैशाख ११ आइतबार १३:१९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

काठमाडौं उपत्यकामा मेलम्ची खानेपानीकाे पुनः वितरण सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ बैशाख ११ आइतबार १३:१९:oo

काठमाडौं उपत्यकामा मेलम्ची खानेपानी वितरण पुनः सुरु गरिएको छ। आइतबार काठमाडौंमा खानेपानीमन्त्री उमाकान्त चौधरीले एक कार्यक्रमबीच मेलम्ची खानेपानीको पुनः वितरण सुरु गरेका हुन्।

मेलम्ची खानेपानी ०७७ साल चैत दोस्रो हप्तादेखि काठमाडौं उपत्यकामा वितरण सुरु भए पनि ०७८ असार १ गते मेलम्ची नदीमा आएको बाढी, पहिरोले खानेपानी आयोजनाको संरचनामा क्षति पुगेपछि खानेपानी वितरण बन्द भएको थियो। मेलम्ची खानेपानीको पुनः वितरण सुरु भएसँगै अब प्रतिदिन १७ करोड लिटर खानेपानी उपत्यकामा वितरण गरिने खानेपानी मन्त्रालयले जनाएको छ।

खानेपानी पुनः वितरण कार्यक्रमको उद्घाटन गर्दै खानेपानीमन्त्री उमाकान्त चौधरीले मेलम्ची खानेपानी आयोजनाको दीर्घकालीन सञ्चालनका लागि एसियाली विकास बैंकले मेलम्चीमा आएको बाढी र पहिरोको क्षतिको विवरण र त्यसको कारणसहित स्थायी समस्या समाधानका उपायका लागि अध्ययन गरेकाले प्रतिवेदन तयार भएपछि आवश्यक कार्ययोजना बनाई कार्यान्वयन गरिने बताए। वर्षायाममा मेलम्ची नदीमा बाढी आएमा पूर्वसूचना दिनका लागि अर्ली एलर्ट मेसिन जडान गरिएको पनि उनले जानकारी दिए।