आसन्न स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले आवश्यक सामग्री ढुवानी कार्यलाई तीव्रता दिएको छ। आयोगले बिहीबारदेखि जिल्लाहरूमा मतपत्रबाहेकका निर्वाचन सामग्री पठाउन सुरु गरेको हो। नेपाली सेना, ढुवानी व्यवसायी र आयोगको सहकार्यमा निर्वाचन सामग्री ढुवानी गरिएको हो । डोल्पा र मुगुमा स्थलमार्गबाट ढुवानी गर्न नसकिने भएकाले उक्त जिल्लाहरूमा हवाईमार्गबाट निर्वाचन सामग्री ढुवानी गरिने आयोगले जनाएको छ।
तस्बिरमा हेर्नुहाेस् :