१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
२o८१ बैशाख २४ सोमबार ११:३२:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

मनोनयन दर्ताका लागि दुई दिन रोसी गाउँपालिकाको सेवा प्रवाह बन्द रहने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार ११:३२:oo

वैशाख ११ र १२ गते काभ्रेको रोसी गाउँपालिकाले सेवा प्रवाह बन्द गर्ने भएको छ। वैशाख ३० मा हुने निर्वाचनको मनोनयन दर्ताका लागि ११ र १२ गते सेवा प्रवाह बन्द हुने गाउँपालिकाले जनाएको छ।

शुक्रबार गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर तामाङले एक सूचना जारी गर्दै दुई दिन अत्यावश्यकबाहेकक सबै सेवा बन्द रहने जानकारी दिएका छन्। पालिकाका कर्मचारीहरू मनोनयन दर्तासम्बन्धी कार्यमा खटिनुपर्ने भएकाले सेवा बन्द गरिएको उनले बताए।

‘हामीले वैशाख ११ र १२ गते स्थानीय निर्वाचनका लागि मनोनयन दर्ता गर्न पालिकाको सेवा बन्द गरेका छौँ,’ प्रमुख प्रशासकीय अधिकृत तामाङले भने, ‘निर्वाचन अधिकृतबाहेक सबै कर्मचारी पालिकाबाट खटिनुपर्ने भएकाले पनि सेवा प्रवाह बन्द गरेका हौँ।’

उक्त दिन मनोनयनका लागि मात्र दुई–तीन सयजनाको भिड लाग्ने भएकाले पनि व्यवस्थापन र शान्ति–सुरक्षाका लागि पनि पालिकाको सेवा प्रवाह बन्द गर्नुपरेको उनले बताए। पालिकामा बिहीबार नै निर्वाचन अधिकृतको कार्यालय स्थापना भइसकेको छ।

 

ad
ad