१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ बैशाख १० शनिबार
  • Monday, 01 July, 2024
समाचार डिजिटल संस्करण

पुनः उम्मेदवारी दिन राजीनामा दिँदै  लमजुङका जनप्रतिनिधि

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ बैशाख १० शनिबार ११:१२:oo

लमजुङमा स्थानीय तहका जनप्रतिनिधिहरूले पदबाट राजीनामा दिन थालेका छन्। वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पुनः उम्मेदवारी दिनका लागि जिल्लाका जनप्रतिनिधिहरूले पदबाट राजीनामा दिएका हुन्। लमजुङको मर्स्याङ्दी गाउँपालिका– ४ का वडाध्यक्ष सुमन गुरुङले पदबाट राजीनामा दिएका छ्न्। उनी पुनः एमालेबाट वडाध्यक्षमा उठ्ने भएका छ्न्।

बेँसीसहर नगरपालिका वडा नम्बर ५ का वडासदस्य प्रेमबहादुर तामाङ र वडा नम्बर– ३ का सदस्य श्रीकान्त घिमिरेले पदबाट राजीनामा दिएका छन्। तामाङले वडाध्यक्षमा तथा घिमिरेले बेँसीसहर नगरपालिकाको प्रमुखमा उम्मेदवारी दिन राजीनामा दिएका हुन्। उनीहरु दुवैजनाले नेपाली कांग्रेसबाट उम्मेदवारी दिन लागेका हुन्।

त्यसैगरी, जिल्लाका अन्य जनप्रतिनिधिहरूले पनि वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि पुनः उम्मेदवारी दिन पदबाट राजीनामा दिने तयारी गरिरहेका छन्। वैशाख ११ गतेअघि नै पदबाट राजीनामा दिने तयारी भइरहेको जनप्रतिनिधिहरूले बताएका
छन् ।  लमजुङमा चार नगरपालिका र चार गाउँपालिकामा गरी कुल ७५ वटा वडा रहेका छन्।

ad
ad
ad
ad