१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार १८:३५:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

स्मार्टसिटी : जहाँ सडक बत्ती नै बल्दैनन्

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १८:३५:oo

तुलसीपुर बजारका सडकमा बत्ती बाल्न छोडेको अहिले होइन, तीन वर्ष पुग्नै लाग्यो । २०७३ सालमा सडक बत्ती जडान गर्ने सम्झौता भयो । सम्झौताको एक वर्षपछि बत्ती जडान भयो । जडानको एक वर्ष सौर्य ऊर्जामार्फत सडक झिलिमिली भयो । तर, एक वर्ष बढी टिकेनन् ती सौर्य बत्ती । केहीकेही ठाउँमा डेढ वर्षसम्म टिक्यो, त्यसपछि सबै सडक बत्ती बल्न छोडे । रातिमा बल्नुपर्ने बत्ती सधैँका लागि निभेपछि  पैदलयात्रीले सास्ती खेप्नुपरेको छ । 

बत्ती बल्न छोडेको लामो समय भइसक्दा पनि मर्मतका लागि कुनै पनि पहल भएको देखिँदैन। अहिले साैर्य सडक बत्ती बल्न छोडेपछि सम्बन्धित टोल विकास संस्थाहरू आफूहरूले नै बत्ती जडान गरेर बाल्ने गरेका छन् । साैर्य बत्तीमा अन्य बत्ती जडान गरेर भए पनि काम चलाउने गरिएको तुलसीपुर ५ स्थित प्रतिभा टोल विकास संस्थाका अध्यक्ष प्रेम योगीले बताए । 

 बत्ती मर्मत गरिदिने भनी पटक–पटक आश्वासन दिने गरेको भए पनि मर्मत गर्नतर्फ कसैले ध्यान नदिएको उनको गुनासो छ । अहिले कसैले चासो नदिएपछि आफैँले बत्ती राखेर सडकमा बत्ती बाल्ने गरेको उनले बताए। बजारमा मात्रै होइन, अन्य स्थानमा पनि सौर्य बत्ती जडान गरिएको थियो । तुलसीपुर १९ छिल्लीकोटको मालिका मन्दिरमा पनि बत्ती जडान  गरिएको थियो । तर, त्यो बत्ती पनि बिग्रिएको लामो समय भएको स्थानीय अगुवा प्रविर पुनले बताए। ‘हामीले पटक–पटक जानकारी गरायौँ,’ उनले भने, ‘तर, त्यो बत्ती बिग्रिएको लामो समय कसैले पनि चासो देखाएनन् ।’

तुलसीपुरका विभिन्न स्थानमा एक सय २५ साैर्य बत्ती जडान गरिएको छ । तीनपटक गरेर साैर्य  बत्ती जडान गरिएको हो । पहिलोपटक ३५ वटा बत्ती जडान गरिएको हो । जसमा ३६ लाख ३६ हजार लगानी लागेको थियो । त्यस्तै दोस्रोपटक ७० लाख बजेट र १० प्रतिशत स्थानीयको सहभागितामा सडक बत्ती जडान गरिएको हो। त्यस्तै तेस्रो चरणमा विभिन्न सार्वजनिक स्थल, बाटो, टोल, शव दाह गृहलगायतका स्थानमा बत्ती जडान गरिएको इन्जिनियर पवनकुमार योगीले बताए। ‘हामीले तीन चरणमा सडक बत्ती जडान गरेका हौँ, यहाँ  विभिन्न ठाउँमा एक सय २५ वटा सडक बत्ती जडान गरिएको छ,’ उनले भने,‘ तर, अहिले केही स्थानमा बत्ती जडान गरिएको छ ।’

उनका अनुसार ब्याट्रीको पाँच वर्ष, प्यानलको १५ वर्ष ग्यारेन्टी रहेको छ । तर, वातावरणीय प्रदूषणका लागि प्यानलमा धुलो लाग्दा यसरी नबल्ने समस्या रहने उनको भनाइ छ । 
 

ad
ad