मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ बैशाख ९ शुक्रबार
  • Monday, 16 December, 2024
नयाँ पत्रिका काठमाडाैं
२o७९ बैशाख ९ शुक्रबार १८:३७:oo
Read Time : < 1 मिनेट
निर्वाचन डिजिटल संस्करण

मतदाता नामावली हेरफेर हुँदैन : निर्वाचन आयोग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७९ बैशाख ९ शुक्रबार १८:३७:oo

निर्वाचन आयोगले मतदाता नामावली थपघट तथा हेरफेर नहुने बताएको छ। अन्तिम नामावली प्रकाशन भएपछि पनि मतदाता नामावली सार्न तथा सच्याउन पाऊँ भनेर निवेदन आइरहेको भन्दै आयोगले शुक्रबार विज्ञप्ति जारी गर्दै अन्तिम मतदाता नामावली प्रकाशन भएपछि त्यसमा हेरफेर हुन नसक्ने बताएको हो । 

मतदाता नामावली ऐन, २०७३ अनुसार अन्तिम मतदाता नामावली प्रकाशन भएपछि नामावलीमा हेरफेर, थपघट गर्न वा सच्याउन नपाइने कानुनी व्यवस्था छ । आयोगले १३ चैतमा संशोधनसहितको अन्तिम मतदाता नामावली प्रकाशन गरेको थियो ।