१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ बैशाख ९ शुक्रबार
  • Saturday, 29 June, 2024
गणेश लम्साल विराटनगर
२o७९ बैशाख ९ शुक्रबार १६:४o:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

विराटनगर महानगरमा जसपाले गर्‍यो मेयर र उपमेयरको नाम सिफारिस 

Read Time : > 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o७९ बैशाख ९ शुक्रबार १६:४o:oo

विराटनगर महानगरपालिकाका लागि जनता समाजवादी पार्टीले मेयर र उपमेयर पदमा नौजनाको नाम सिफारिस गरेको छ। गठबन्धनका लागि उपमेयर भागन्डा प्राप्त गरेको भए पनि कांग्रेसले उपेक्षा गरेको भन्दै जसपाले शुक्रबार मेयर र उपमेयर दुवै पदमा नाम सिफारिस गरेको हो। 

मेयर र उपमेयर पदका लागि नाम सिफारिस भएकाहरूमा केन्द्रीय सदस्य भूराज राई, डा. रामविलास यादव, महानगर अध्यक्ष अमरेन्द्र यादव, उपाध्यक्ष मोहम्मद नसरुल,  सदस्य उमेश यादव  र प्रदेश सदस्य विमला अर्याल,  जिल्ला महिला अध्यक्ष सदिना खातुन र प्रदेश महिला सदस्य कुन्ता राई छन्। 

महानगरमा मेयर–उपमेयर पदका लागि शुक्रबार केन्द्रीय समितिमा नाम सिफारिस गरेर जिल्ला र प्रदेश समितिलाई पनि जानकारी गराइसकेको जसपा विराटनगर अध्यक्ष अमरेन्द्र यादवले बताए। 

पाँचदलीय गठबन्धनको केन्द्रीय तहले विराटनगर महानगरको प्रमुख कांग्रेस र उपप्रमुख जसपालाई दिने सहमति गरेको  थियो । तर, कांग्रेसले दुवै पदमा जित सुनिश्चित गराउने भएकाले केन्द्रको निर्णय कार्यान्वयन गराउन आलटाल गरेको छ। 

आफूहरूले दुवै पदमा जित सुनिश्चित गराउने अवस्था भए पनि केन्द्रको निर्णय कार्यान्वयन गराउने पक्षमा गएको, तर कांग्रेसले गठबन्धन गर्न आलटाल गरेकाले दुवै पदका लागि एक्लै चुनावी प्रतिस्पर्धा गर्न नाम सिफारिस गरेको जसपा मोरङ अध्यक्ष राजकुमार यादवले बताए। 

विराटनगर महानगरमा कांग्रेसबाट केन्द्रीय सदस्य अमृत अर्याल, डिला संग्रौला, भीम पराजुली र इन्दिरा कार्की, मोरङ उपसभापति नागेश कोइराला, प्रदेश सदस्य गोपाल रेग्मी र महानगर सभापति दीपक चापागाईंलगायतको नाम सिफारिस गरिसकेको छ। 

माओवादी केन्द्रले भोगेन्द्र यादव, नवीन पौडेल र नमिता न्यौपानेको नाम चर्चामा ल्याएको छ। एमालेबाट केन्द्रीय सदस्य रामलाल साह, प्रदेश सदस्य महेश भट्टराई र पर्शुराम बस्नेत, मोरङ  उपाध्यक्ष बाबुराम कार्की, महानगर अध्यक्ष सागर थापाको नाम सिफारिस भइसकेको छ। 

यता उपमेयर पदमा एमालेबाट विमला दाहाल, शिल्पा कार्की र अन्जु उपाध्यायको नाम सिफारिस भएको छ। कांग्रेसले नीरज कोइराला, झुमा गौतम, पंकज कर्ण, राजु मास्के, गीता सिलवाल, प्रमिला गच्छदार, प्रमिला थापा, पुनम सिंह, जस्मिन मण्डल, प्रमिला कोइराला र डा. सीता घिमिरेलगायत ११ जनाको नाम उपमेयरमा सिफारिस गरेको छ।  
  
 
 
 
 
 

ad
ad
ad
ad