Skip This
जलवायु परिवर्तन र प्रदूषणबारेको नाटक ‘एस्फिक्सिया’ आजदेखि शिल्पी थिएटरमा 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ बैशाख ९ शुक्रबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ बैशाख ९ शुक्रबार १२:१३:oo
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

जलवायु परिवर्तन र प्रदूषणबारेको नाटक ‘एस्फिक्सिया’ आजदेखि शिल्पी थिएटरमा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ बैशाख ९ शुक्रबार १२:१३:oo

नृत्य नाटक ‘एस्फिक्सिया’ आज शुक्रबारदेखि बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा मञ्चन हुँदै छ। बेल्जियमका मेरियन ल्याम्बर्ट र ट्याटियाना रोसिग्ननद्वारा निर्देशित यस नाटकले जलवायु परिवर्तन र प्रदूषणबारे जनचेतना जगाउने कोसिस गरेको छ।

‘१५ जना कलाकारले मञ्चमा प्रदूषण र जलवायु परिवर्तनबारे विभिन्न दृश्य र अभिनयको माध्यमबाट दर्शकलाई जनचेतना फैलाउने कोसिस गरेका छौँ,’ नाटकका सहनिर्देशक मारियन ल्याम्बर्ट भन्छिन्, ‘मलाई आशा छ कि तपाईंहरू  नाटक हेर्न आउनुहुनेछ।’

‘एस्फिक्सिया भनेको हावाबाट निसास्सिनु हो, जसले सास फेर्न समस्या निम्त्याउँछ। धुलो, प्रदूषण र जलवायु परिवर्तनबारे नेपालीबीच अक्सर यही विषयमा छलफल हुन्छन्। किनभने एसिया जलवायु परिवर्तनबाट प्रभावित हुने पहिलो महादेश हो,’ निर्देशक ट्याटियाना भन्छिन्।

आई.क्यू. एअरका अनुसार २०२२ मार्च २३ मा हावाको गुणस्तर मापनका आधारमा काठमाडौं विश्वको छैटौँ प्रदूषित सहर हुन पुगेको थियो। त्यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार वायु प्रदूषणका कारण बर्सेनि ३७ हजारभन्दा बढी मानिसको मृत्यु हुने गरेको छ। ट्याटियाना थप्छिन्, ‘हामी सामाजिक विषयलाई लिएर रोचक भिजुअलमार्फत मञ्चन हुनेछौँ,  जुन नेपाली दर्शकमाझ चाखलाग्दो हुनेछ।’

नाटकलाई अझ राम्रो बनाउन नाटकका टोलीले पुनः प्रयोग गरिएका प्लास्टिकको झोला, प्लास्टिकका बोतल र दैनिक फोहोरहरूको प्रयोग गरेर ब्याकड्रप, सेट र पोसाकहरू बनाएको छ। नाटकपछि निर्माण टोलीले वातावरणीय समस्याहरूबारे कुरा गर्न र मानिसहरूको घरमा रहेको प्लास्टिकलाई रिसाइकल गर्ने विषयमा कार्यशाला आयोजना गर्दै छ। तीन दिन मात्रै चल्ने यो नाटक शनिबार र आइतबार दुईपटक मञ्चन हुनेछ।