मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ बैशाख ८ बिहीबार
  • Monday, 16 December, 2024
२o७९ बैशाख ८ बिहीबार १८:o६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

मेयरमा सिफारिसपछि प्रदेश सांसदबाट राजीनामा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ बैशाख ८ बिहीबार १८:o६:oo

भरतपुर महानगरपालिकाको मेयरका लागि नेकपा एमालेबाट एकल सिफारिस भएपछि विजय सुवेदीले बागमती प्रदेश सभा सदस्यबाट राजीनामा दिएका छन्। सुवेदीले बिहीबार प्रदेश सभाका सभामुख सानुकुमार श्रेष्ठसमक्ष पदबाट राजीनामा दिएको पत्र बुझाएका छन्। चितवनको क्षेत्र नम्बर २ को ‘ख’ बाट प्रदेश सभा सदस्यमा निर्वाचित सुवेदी ४ वर्ष तीन महिना एक दिन बागमती प्रदेश सभा सदस्यको रूपमा रहेका थिए। 

सुवेदीले सभामुखलाई बुझाएको राजीनामा प्रदेश सभा सचिवालयमा दर्ता भएसँगै स्वीकृत भएको छ। निर्वाचन आयोगले वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा उम्मेदवार बन्न पदबाट राजीनामा दिनैपर्ने बाध्यकारी नियम लगाएपछि उनले राजीनामा दिएको बताए।

तत्कालीन मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकारमा सुवेदी २ महिना बढी समय सामाजिक विकासमन्त्री बनेका थिए। १ सय १० सांसद सिट संख्या रहेको बागमती प्रदेश सभामा सुवेदीको राजीनामा पछि १ सय ८ सांसद कायम भएका छन्।