१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ बैशाख ६ मंगलबार
  • Wednesday, 02 July, 2025
रासस नयाँ दिल्ली
२o७९ बैशाख ६ मंगलबार १o:१७:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

भारतको आसाममा चट्याङ लागेर १४ को मृत्यु    

Read Time : < 1 मिनेट
रासस नयाँ दिल्ली
नयाँ पत्रिका नयाँ दिल्ली
२o७९ बैशाख ६ मंगलबार १o:१७:oo

भारतको आसाममा चट्याङ लागेर कम्तीमा पनि १४ जनाको ज्यान गएको  छ । आइतबार यहाँ आएको भीषण वर्षा र चट्याङमा परेर ती नागरिकको ज्यान गएको हो । आसाममा शुक्रबारदेखि व्यापक वर्षा भएको छ । वर्षासँगै हावाहुरी पनि आएको र यहाँका कतिपय भौतिक संरचनामा पनि क्षति पुर्‍याएको थियो ।

आसामको प्राकृतिक प्रकोप व्यवस्थापन विभागले दिएको जानकारीअनुसार शुक्रबार आठजनाको ज्यान गएको थियो भने आइतबार थप ६ जनाको ज्यान गएको थियो । यहाँ चट्याङबाट मात्र अरू दर्जनौँ व्यक्ति घाइते भएका पनि अधिकारीहरूले जनाएका छन् ।  

यस क्षेत्रमा वर्षासँगै पर्ने चट्याङले समय–समयमा नागरिकको ज्यान जाने गरेको छ । शुक्रबारदेखि आइतबारसम्म जारी रहेको वर्षा, हावाहुरीले दशौँ हजार नागरिकका घर भत्काएको तथा अन्य भौतिक संरचनामा क्षति पुगेको छ ।