१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २३ आइतबार १७:३९:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

प्रदीप ज्ञवाली भन्छन्– गठबन्धनमा पहिरो जान सुरु भइसक्यो, अप्ठ्यारो पार्छ भन्ने भ्रमबाट मुक्त हुनुपर्छ (भिडियोसहित)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार १७:३९:oo

नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले स्थानीय तहको चुनावी गठबन्धनमा जुटेको सत्तारुढ दलहरूभित्रै पहिरो जान सुरु गरेको दाबी गरेका छन्। भित्रभित्रै पहिरो जाने अवस्था भएपछि निर्वाचनबाट पराजित हुने डरले सत्तारुढ दलहरू आफैँ अतालिएको अवस्थामा रहेको उपमहासचिव ज्ञवालीको भनाइ छ।

एमाले चितवन–काठमाडौं सम्पर्क मञ्चले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा उनले स्थानीय तहको निर्वाचनमा सत्तारुढ दलहरू तलसम्मै एकताबद्ध भएर जाने अवस्था नरहेको पटक-पटक दोहोर्याए। गठबन्धनका लागि नेपालगन्जमा जसपाले नमानेको, पर्साका कांग्रेसहरू आफैँ असहमत रहेको, रोल्पामा हुँदैन भनेर वक्तव्य आउनेवाला रहेको उल्लेख गर्दै उपमहासचिव ज्ञवालीले यस्तो अवस्थामा सत्तारुढ दलहरूलाई बलियो शक्ति मान्ने कुरा भ्रम मात्रै हुने दाबी गरे।

‘सत्तारुढ पाँचदलीय गठबन्धनले हामीलाई अप्ठयारो पार्छ कि भन्ने खालको जुन मनावैज्ञानिक दबाब सिर्जना गर्न खोज्या छन्। त्यो भ्रमबाट मुक्त हुन म सबै कमरेडहरूलाई आग्रह गर्दछु,' ज्ञवालीले भने, 'जतिसुकै गरे पनि उनीहरूले यो गठबन्धनलाई तलसम्म एकताबद्ध बनाएर लैजाने अवस्था छैन। गठबन्धनमा पहिरो जान सुरु गरिरहेको अवस्था छ। नेपालगन्जमा जसपाले मान्दिन भन्यो। पर्सामा कांग्रेसले सम्भव छैन भन्यो। रोल्पामा हुँदैन भनेर आजभाेलि नै वक्तव्य आउने अवस्था छ। अरू धेरै ठाउँमा यो पहिरो जानेवाला छ।’

उपमहासचिव ज्ञवालीले सबै तहको निर्वाचनमा आफ्नो पार्टीले राजनीतिक, नैतिक तथा गणितीय रूपमा पनि जित हासिल गर्ने निश्चित भएको भन्दै सोहीअनुसारको तयारीमा जुटन पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए।

ad
ad