मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ बैशाख २ शुक्रबार
  • Wednesday, 17 September, 2025
२o७९ बैशाख २ शुक्रबार १४:३६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

एमाले अध्यक्ष ओलीद्वारा घलेगाउँलाई ‘सुखी गाउँ’ घोषणा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ बैशाख २ शुक्रबार १४:३६:oo

पर्यटकीय स्मार्ट भिलेज घलेगाउँलाई सुखी गाउँ घोषणा गरिएको छ। क्होँलासोथर गाउँपालिका– ३ मा पर्ने घलेगाउँलाई नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले शुक्रबार सुखी गाउँ घोषणा गरेका हुन्।

घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले ग्रामीण पर्यटकीय गाउँहरूले लमजुङको घलेगाउँको सिको गर्नुपर्ने बताए। घलेगाउँको संस्कार र संस्कृतिको संरक्षणमा स्थानीयले चासो दिनुपर्ने भन्दै उनले घलेगाउँको बाजासंस्कृति संरक्षणमा आफूले दुई लाख सहयोग गर्ने प्रतिबद्धता गरे।

गाउँमा सुशासन, पर्यटकलाई आवश्यक भौतिक सुविधाको उपलब्धता, स्थानीयमा आत्मनिर्भरता, गाउँमा प्रकृति र संस्कृतिको संरक्षणलगायतका मापदण्ड पूरा भएसँगै घलेगाउँलाई नेपालकै पहिलो ‘सुखी गाउँ’ घोषणा गरिएको घलेगाउँ पर्यटन व्यवस्थापन समितिका अध्यक्ष प्रेमबहादुर घलेले बताए। ‘ग्रामीण पर्यटनको माध्यमबाट घलेगाउँका बासिन्दाले आफूले काम गरेर, आफ्नै श्रम–पसिना बगाएर जीविकोपार्जन गरेका छन्। पर्यटन व्यवसायबाटै स्थानीयले आत्मसन्तोषको अनुभूति गरेका छन्,’ उनले भने, ‘त्यसैले घलेगाउँलाई सुखी गाउँ घोषणा गरिएको  हो।’

सडक, बिजुली, टेलिफोन, इन्टरनेट, खानेपानी, विद्यालय, स्वास्थ्यलगायतका आधारभूत सुविधा पुगेपछि घलेगाउँलाई ०७६ मंसिर १७ मा स्मार्ट भिलेज घोषणा गरिएको थियो।