१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ बैशाख २ शुक्रबार १३:५५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

अमेरिकाले दिने करिब ८० अर्ब अनुदान सहायता नेपालले स्वीकार गर्ने 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ बैशाख २ शुक्रबार १३:५५:००

सरकारले संयुक्त राज्य अमेरिकाले दिने करिब ८० अर्ब रुपैयाँबराबरको अनुदान सहायता रकम स्वीकार गर्ने भएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी सहयोग निकाय युएसएआइडीबाट प्राप्त हुने सो रकम स्वीकार गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।

युएसएआइडीले दिने ६ सय ५९ मिलियन अमेरिकी डलर (करिब ७९ अर्ब ७१ करोड रुपैयाँ) अनुदान सहायता सरकारले स्वीकार गर्ने निर्णय गरेको प्रवक्ता कार्कीले शुक्रबार पत्रकार सम्मेलनमा जानकारी दिएका हुन्।