मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ बैशाख २ शुक्रबार १०:२०:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

कला र संस्कृति नियाल्न टुटेपानी होमस्टे

Read Time : < 1 मिनेट
२०७९ बैशाख २ शुक्रबार १०:२०:००

भानु नगरपालिका–१३ स्थित टुटेपानी होमस्टेमा पर्यटकको भिड बढ्न थालेको छ । धार्मिक पर्यटनको उपयुक्त गन्तव्यका रूपमा लिइएको होमस्टे कोभिड–१९ का कारण १० महिना बन्द भएको थियो ।

बन्द भएको होमस्टे १५ माघदेखि सञ्चालनमा ल्याइए पनि पर्यटकको खासै चहलपहल थिएन । तर, पछिल्लो समय भने आन्तरिक पर्यटक होमस्टेमा वास बस्न आउने गरेको टुटेपानी सामुदायिक होमस्टेका अध्यक्ष क्याप्टेन होमबहादुर गुरुङले बताए । ‘हामेस्टे सञ्चालनमा ल्याइएपछि बिस्तारै आम्दानी पनि बढेको थियो । तर, केही समय प्रकृतिले पनि साथ दिएन, जसका कारण पर्यटन क्षेत्र धराशायी बन्यो,’ उनले भने, ‘अब बिस्तारै लयमा फैलिँदै गएको छ । पाहुनाहरू पनि आउन थालेका छन् । समूहमा आउँदा कहिलेकाहीँ पाहुना राख्नै समस्या हुन्छ ।’

पछिल्लो समय तनहुँका विभिन्न ठाउँमा रहेका होमस्टेहरूमा आन्तरिक पर्यटकको भिडभाड बढेको छ । बन्दीपुर होमस्टे, मिर्छुलुङ होमस्टे, हर्कपुर होमस्टेमा यतिखेर पाहुनाहरू वास बस्न जाने गरेका छन् । गुरुङ समुदायको बाहुल्यता रहेको टुटेपानीमा १६ घर मिलेर होमस्टे सञ्चालन गरिएको हो । शुक्रबार र शनिबार पाहुना राख्न त्यहाँको होमस्टेमा भ्याइनभ्याई छ । 

अर्गानिक खानाका परिकार
होमस्टेमा  पाहुनालाई अर्गानिक खानाका परिकार खुवाउने गरिएको छ । गुन्द्रुक, भटमास, मकै, कोदाको रोटी, लोकल कुखुराको मासुलगायतका परिकार पाहुनाले खान पाउनेछन् । 

परम्परागत कला–संस्कृति 
होमस्टेमा परम्परागत कला–संस्कृति हेर्न पााइनेछ । साँझपख मनोरञ्जन दिलाउनका लागि सांस्कृतिक कार्यक्रम सञ्चालन गरिन्छ । गुरुङ समुदायको बाहुल्यता रहेको टुटेपानीमा स्थानीय पोसाकमा सजिएर स्वागत गर्नुका साथै नाचगान गर्ने गर्छन् ।

हिमाल हेर्न पाइने 
हिमालको दृश्य नजिकै र रमाइलो देखिने भएकाले पनि त्यहाँको होमस्टे पर्यटकको रोजाइमा पर्ने गरेको छ । त्यहाँबाट माछापुच्छे«, अन्नपूर्णलगायतका थुप्रै हिमालहरू देख्न सकिन्छ । रमणीय ठाउँ भएकाले पनि यहाँको होमस्टेमा आन्तरिक पर्यटकहरूको घुइँचो लाग्ने गरेको जिल्ला समन्वय समितिका प्रवक्ता गलबहादुर गुरुङले बताए ।