Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
रामकृष्ण थापा सिन्धुपाल्चोक
२०७९ बैशाख १ बिहीबार १२:२९:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

जुगल गाउँपालिकामा आचारसंहिताविपरीत खानेपानी पाइप वितरण

Read Time : < 1 मिनेट
रामकृष्ण थापा, सिन्धुपाल्चोक
२०७९ बैशाख १ बिहीबार १२:२९:००

सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा निर्वाचन आयोगद्वारा जारी आचारसंहिता उल्लंघन भएको छ । गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठले आचारसंहिताविपरीत गाउँ–गाउँमा खानेपानीको पाइप वितरण गरेको पाइएको छ । गाउँपालिकाको बजेटबाट पाइप र प्लास्टिकका ड्रम खरिद गरेर सातवटै वडामा एमाले कार्यकर्तामार्फत गाउँगाउँमा वितरण गरिएको हो । 

गाउँपालिका राष्ट्रिय महासंघका अध्यक्षसमेत रहेका श्रेष्ठले निर्वाचनको मुखैमा मत प्रभावित पार्न खोजेको भन्दै गठबन्धन दलका नेताले विरोध जनाएका छन् । नेपाली काँग्रेस जुगल गाउँपालिका सभापति सगुन श्रेष्ठ, माओवादी केन्द्रका अध्यक्ष रेशम स्याङ्बो र एकीकृत समाजवादीका संयोजक विष्णु घिमिरेले ३० चैतमा संयुक्त प्रेस विज्ञप्ति जारी गरेर गाउँपालिका अध्यक्ष र एमाले क्रियाकलापको विरोध गरेका छन् । अध्यक्ष श्रेष्ठले मत प्रभावित पार्न गाउँपालिकाबाट लाखौँ रकम विनियोजन गरेर नियमविपरीत खानेपानीको पाइप, ड्रम र अन्य भौतिक सामग्री खरिद गरेको गठबन्धन दलहरूले बताएका छन् । एमाले कार्यकर्ताको घरमा लुकाएर राखिएको खानेपानीसम्बन्धी सामग्री दलका स्थानीय नेताले देखेपछि गठबन्धन दलको बैठक बसेर विरोध जनाएको हो । 

गाउँपालिकाको तोक आदेशमा खानेपानी सामग्री खरिद गरेको पाइएको गठबन्धन दलका नेताहरूको भनाइ छ । आचारसंहिता उल्लंघन गरेर अध्यक्ष आफैँ भौतिक सामग्री वितरणमा गाउँगाउँ पुगेको गठबन्धनको आरोप छ ।