Skip This
पत्रकार उमाकान्त पाण्डेलाई रिहा गर्न अधिकारवादीको माग
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ चैत २७ आइतबार
  • Monday, 15 September, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ चैत २७ आइतबार o८:३४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

पत्रकार उमाकान्त पाण्डेलाई रिहा गर्न अधिकारवादीको माग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ चैत २७ आइतबार o८:३४:oo

संयुक्त अरब इमिरेट्स (युएई) मा थुनामा परेका पत्रकार उमाकान्त पाण्डेलाई तत्काल रिहा गर्न अधिकारवादी विभिन्न संघसंस्थाले माग गरेका छन् । काठमाडौंको माइतीघर मण्डलामा शनिबार विरोध प्रदर्शन गर्दै उनीहरूले पत्रकार पाण्डेलाई तत्काल रिहा गर्न माग गरेका हुन् । युथ कंग्रेस नेपालले आयोजना गरेको प्रदर्शनमा नेपाल पत्रकार महासंघ, एम्नेस्टी इन्टरनेसनल नेपाल, युनिमी नेपाललगायतले ऐक्यबद्धता जनाएका थिए । 

पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले सामाजिक सञ्जालमा लेखेकै आधारमा पत्रकार पाण्डेलाई थुनिएको आरोप लगाए । एम्नेस्टी इन्टरनेसनलकी महासचिव संचिता कुइँकेलले युएईस्थित नेपाली दूतावासले शक्तिको दुरुपयोग गरेर मानवअधिकारको उल्लंघन गरेको बताइन् । 

नेपालका लागि भिजिट भिसामा भइरहेको विकृतिबारे युएईको दूतावासलाई लक्षित गरी गत २४ पुसमा सामाजिक सञ्जाल फेसबुकमा लेखेकै आधारमा युएईस्थित नेपाली दूतावासका कर्मचारीको उजुरीका आधारमा स्थानीय प्रहरीले पाण्डेलाई पक्राउ गरी हिरासतमा राखेको छ । दूतावासको उजुरीकै आधारमा युएईको अदालतले पत्रकार पाण्डेलाई नेपाली झन्डै साढे ६ लाख रुपैयाँ जरिवाना तिर्नुपर्ने, युएईमा रहेको पाण्डेको सम्पत्ति सबै जफत गर्ने, देश निकाला गर्नेलगायतका सजाय तोकेको छ ।