१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २२ शनिबार १३:५८:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

काष्ठमण्डप समितिविरुद्धको अवहेलना मुद्दा न्यायाधीश रेग्मीको इजलासमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १३:५८:oo

काष्ठमण्डप पुनर्निर्माण समितिविरुद्धको अवहेलना मुद्दाको सुनुवाइ न्यायाधीश कुमार रेग्मीको इजलासमा तोकिएको छ। सर्वोच्च अदालतको आदेशविपरीत काष्ठमण्डपको उद्घाटन गरिएको भन्दै परेको मुद्दामा न्यायाधीश रेग्मीको एकल इजलासमा सुनुवाइ तोकेको हो।

गत सोमबार एक कार्यक्रमबीच राष्ट्रपति विद्यादेवी भण्डारीले काष्ठमण्डपको उद्घाटन गरेकी थिइन्। सर्वोच्चले हनुमानढोका दरबार क्षेत्रभित्र थन्क्याइएको गोरखनाथ र गणेशको मूर्ति काष्ठमण्डपमै फर्काउन दिएको अन्तरिम आदेश पालना नगरी उद्घाटन भएपछि सर्वोच्चमा अवहेलना मुद्दा परेको थियो।  

यसविरुद्ध अधिवक्ता सञ्जय अधिकारी, अर्णव चौधरी र  रुबी स्थापितले अदालतको अवहेलनामा  कारबाहीका लागि चैत २१ मा सर्वोच्चमा रिट दर्ता गराएका थिए। रिटमा काष्ठमण्डप पुनर्निर्माण समितिका अध्यक्ष, पुरातत्व विभागमा महानिर्देशक, काठमाडौं महानगरपालिकाका प्रमुखलगायतलाई कारबाहीको माग गरिएको छ।

गत ३ माघमा अधिवक्ता अधिकारीलगायतले दायर गरेको मुद्दामा अदालतले हनुमानढोका दरबार क्षेत्रभित्र थन्क्याइएको गोरखनाथ र गणेशको मूर्ति काष्ठमण्डपमै फर्काउन अन्तरिम आदेश दिएको थियो। तर, काष्ठमण्डप  पुनर्निर्माण समितिले मूर्ति फर्काउन कुनै पहल गरेको छैन।

ad
ad