मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ चैत २४ बिहीबार
  • Monday, 16 December, 2024
नयाँ पत्रिका काठमाडाैं
२o७८ चैत २४ बिहीबार o८:४९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बारको अध्यक्षमा घिमिरेको अग्रता कायमै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७८ चैत २४ बिहीबार o८:४९:oo

नेपाल बार एसोसिएसनको २६औँ केन्द्रीय कार्यसमितिको निर्वाचनको मतगणनामा बृहत् लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेसागत कानुन व्यवसायी समूहतर्फबाट अध्यक्ष गोपालकृष्ण घिमिरेको अग्रता कायमै छ । हालसम्म २५ केन्द्रको तीन हजार दुई सय तीन मत गणना गर्दा उनले  एक हजार नाै सय ९० मत प्राप्त गरेका छन् भने प्रगतिशील तथा पेसागत कानुन व्यवसायी समूहका अध्यक्ष विष्णुमणि अधिकारीले एक हजार चार मत प्राप्त गरेका छन्। 
     
नेपाल बार एसोसिएसन २०७८ का प्रमुख निर्वाचन अधिृकत वरिष्ठ अधिवक्ता उषा मल्ल पाठकका अनुसार हालसम्म २५ केन्द्रको मतगणना सम्पन्न भएको छ । ६ स्थानमा गणना भइरहेको थियो । अब आजदेखि थप दुई स्थान बढाएर आठ स्थानमा मतगणना गर्ने तयारी भइरहेको छ । हालसम्म गणना भएको मतमा घिमिरेले नेतृत्व गरेको  समूहको अग्रता रहेको छ । महासचिवमा अञ्जिता खनाल एक हजार सात सय ६५ र उनका प्रतिस्पर्धी केदारप्रसाद कोइराला एक हजार एक सय ५७ रहेको छ । कोषाध्यक्ष भरतबहादुर राउतले एक हजार नाे सय २८ मत र उनका प्रतिस्पर्धी जगतबहादुर कार्कीले एक हजार ६६ मत प्राप्त गरेका छन् । 

मंगलबार बिहानदेखि मतगणना  सुरु भएको थियो । आज बिहान ९ बजेदेखि पुनः मतगणना प्रारम्भ गरिनेछ । शुक्रबारसम्म सम्पूर्ण नजिता आउने गरी मतगणनाको तयारी भइरहेको प्रमुख निर्वाचन अधिकृत पाठकले जानकारी दिइन् ।बारको यही चैत १९ गते काठमाडौं केन्द्रसहित देशभर ३५ स्थानबाट शान्तिपूर्ण तरिकाले मतदान सम्पन्न भएको थियो । बारमा अध्यक्षसहित ११ पदाधिकारी र सदस्य गरी २५ जनाको कार्यसमितिका लागि भएको निर्वाचनमा नौ हजार सात सय आठ मतदाता रहेका थिए । तीमध्ये सात हजार चार सय २९ मत खसेको थियो ।