१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ चैत २२ मंगलबार
  • Sunday, 29 September, 2024
नयाँ पत्रिका काठमाडाैं
२o७८ चैत २२ मंगलबार ११:o१:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बारको मतगणना सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७८ चैत २२ मंगलबार ११:o१:oo

नेपाल बार एसाेसिएसनको २६औँ केन्द्रीय कार्यसमितिको निर्वाचनको मतगणना सुरु भएको छ । नेपाल बार एसाेसिएसन, २०७८ को प्रमुख निर्वाचन अधिृकत वरिष्ठ अधिवक्ता उषा मल्ल पाठकका अनुसार बिहान ९ बजेदेखि मतगणना सुरु गर्ने भनि तापनि व्यवस्थापन मिलाउँदा थप एक घन्टा समय लागेको छ ।

बारको यही चैत १९ गते काठमाडौं केन्द्रसहित देशभर ३५ स्थानबाट शान्तिपूर्ण तरिकाले मतदान सम्पन्न भएको थियो । सबै स्थानको मतपेटिका सोमबार काठमाडौं केन्द्रमा आइपुगेको थियो ।

बारमा अध्यक्षसहित ११ पदाधिकारी र सदस्य गरी २५ जनाको कार्यसमितिका लागि भएको निर्वाचनमा नौ हजार सात सय आठजना अधिवक्ता मतदाताले मतदान गरेका थिए । त्यसमध्ये उपत्यकामा पाँच हजार सात सय र उपत्यकाबाहिर तीन हजार पाँच सय रहेका थिए । तीमध्ये सात हजार चार सय २९ मत खसेको प्रमुख निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता पाठकले जानकारी दिए । 
 
नयाँ कार्यसमितिका लागि प्रगतिशील तथा पेसागत कानुन व्यवसायी समूह र बृहत् लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेसागत कानुन व्यवसायी समूहबीच प्रतिस्पर्धा भएको छ ।