१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ चैत २१ सोमबार
  • Wednesday, 03 July, 2024
२o७८ चैत २१ सोमबार ११:o८:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

३० किलोमिटर सडक प्रदेश सरकारलाई हस्तान्तरण

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७८ चैत २१ सोमबार ११:o८:oo

बेलायत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण सम्पन्न भएको मुगु र हुम्ला जोड्ने सडक प्रदेश सरकारलाई हस्तान्तरण गरिएको छ। मुगुको चंखेलीदेखि हुम्लाको देउलीसम्म निर्माण सम्पन्न भएको ३० किलोमिटर लामो सडकखण्ड शनिबार एक कार्यक्रमबीच कर्णाली प्रदेश सरकारलाई हस्तान्तरण गरिएको हो।

हुम्लाको चंखेली गाउँपालिका– १ बोहोरा गाउँमा रहेको चंखेली आधारभूत विद्यालयमा एक कार्यक्रम गरी ग्रामीण पहुँच कार्यक्रमले उक्त सडक भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयअन्तर्गतको पूर्वाधार विकास कार्यालय हुम्लालाई हस्तान्तरण गरेको हो। ग्रामीण पहुँच कार्यक्रमले मुगु खण्डको ३७ किलोमिटर सडकमध्ये गमगढी–दर्खे (२६ किलोमिटर) र दर्खे–चंखेली (११ किलोमिटर) खण्ड यसअघि नै प्रदेश सरकारलाई हस्तान्तरण गरिसकेको थियो। 

गमगढीदेखि देउलीसम्म सडक निर्माण सम्पन्न हुँदासम्म एक अर्ब ५७ करोड ८८ लाख ४६ हजार आठ सय ३३ लागत लागेको छ। यसलाई प्रतिकिलोमिटरमा हेर्दा दुई करोड ३५ लाख ६४ हजार आठ सय ७८ रुपैयाँ लागत खर्च भएको ग्रामीण पहुँच कार्यक्रमले जनाएको छ।

जिल्लागत खर्च हेर्दा मुगु खण्डको ३७ किलोमिटर सडकमा ८७  करोड १९ लाख पाँच सय १८ रुपयाँ र हुम्लातर्फको ३० किलोमिटरमा ७० करोड ६९ लाख ४६ हजार तीन सय ६६ रुपैयाँ खर्च भएको छ। ०७५ पुसदेखि निरन्तर निर्माण कार्य जारी रहेको यस सडकमा अर्धमेसिनरी र पूर्ण सहभागितामा चार लाख ८२ हजार दुई सय ५३ पुरुष र तीन लाख २३ हजार तीन सय २७ जना महिला गरी कुल आठ लाख ५५ हजार ८० जनशक्ति खटिएका थिए।

सडक हस्तान्तरण भए पनि सरकारको बेवास्ताका कारण मर्मतसम्भार नभएर जीर्ण हुँदै जाने हो कि भन्ने आफूहरूको चिन्ता रहेको चंखेली गाउँपालिकाका अध्यक्ष धनलाल चौलागाईं बताउँछन्। अब प्रदेश सरकारले सडक नियमित सुचारु गर्न मर्मतसम्भारमा बजेट र जनशक्तिको नियमित व्यवस्था गर्नुपर्ने उनी बताउँछन्।

सडक निर्माण पूरा भएर सवारी चल्न सुरु भएपछि स्थानीयहरुरू खुसी छन्। अब औषधाेपचार गर्न, गाउँघरमा उत्पादित फलफूल, अन्न, जडीबुटी बिक्री गर्न अन्य जिल्ला जान सहज भएको चंखेली गाउँपालिका–रिमीका स्थानीय भियाल्ली ऐडीले बताइन्।

ad
ad
ad
ad