मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ चैत १७ बिहीबार
  • Thursday, 09 January, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ चैत १७ बिहीबार १३:२o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

संविधानको रक्षा गर्नु सबै नागरिक र दलको जिम्मेवारी : सम्मानित नेता खनाल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ चैत १७ बिहीबार १३:२o:oo

नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले देशको संविधानको रक्षा गर्नु राजनीतिक पार्टीहरूको जिम्मेवारी भएको बताएका छन्। बिहीबार रिपोर्टर्स क्लबको २४औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सम्मानित नेता खनालले यस्तो बताएका हुन्।

लोकतान्त्रिक क्रान्ति सम्पन्न गरेर नयाँ संविधान निर्माण भएको उल्लेख गर्दै उनले यो संविधान तुलनात्मक रूपमा राम्रो भएको बताए। आगामी निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र गुणस्तरीय ढंगले सम्पन्न गर्नुपर्नेमा पनि उनले जोड दिएका छन्।

‘हामीले १० वर्ष लगाएर नयाँ संविधान पनि निर्माण गरेका छौँ। यो एउटा राम्रो संविधान बनेको छ। यद्यपि, संविधान कुनै पनि अन्तिम हुँदैनन्। यो पनि अन्तिम भन्नुपर्छ भन्ने मलाई लाग्दैन। तर, सकेसम्म यसको लामो आयु होस् भनेर हामीले कामना गर्नुपर्छ। यो तुलनात्मक रूपले राम्रो संविधान हामीले बनाएका छौँ। स्वाभाविक रूपले यो संविधानमार्फत हामीले ०६२/६३ को जनक्रान्तिको उपलब्धिहरूलाई संस्थागत गरेका छौँ। त्यसैले यो संविधानको रक्षा हामी सम्पूर्ण दुई करोड ९२ लाख नेपाली र उनका प्रतिनिधिहरूको रूपमा रहेका सम्पूर्ण राजनीतिक पार्टीहरूका निम्ति एउटा ठूलो जिम्मेवारीको विषय हो,’ खनालले भने।