१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ चैत १६ बुधबार
  • Wednesday, 26 June, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ चैत १६ बुधबार १३:१८:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

पल शाहले साधारण तारेख माग्दै दायर गरेको मुद्दा न्यायाधीश राजभण्डारीको इजलासमा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ चैत १६ बुधबार १३:१८:oo

नाबालिग गायिकालाई जबर्जस्ती करणी गरेको आरोपमा पुर्पक्षका लागि थुनामा पठाइएका अभिनेता पल शाहको मुद्दा न्यायाधीश रमेशप्रसाद राजभण्डारीको इजलासमा तोकिएको छ। साधारण तारेखको माग गर्दै परेको मुद्दामा उच्च अदालत पोखराले न्यायाधीश राजभण्डारीको इजलासमा सुनुवाइ तोकेको हो। 

जिल्ला अदालत तनहुँले चैत १० मा शाहलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो। न्यायाधीश हरिशचन्द्र ढुंगानाको एकल इजलासले थुनछेक बहसपछि शाहलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो। 
 
आदेशविरुद्ध मंगलबार शाहले उच्च अदालत पोखरामा  निवेदन दिएका हुन्। निवेदनमा थुनामा राख्न गरिएको तनहुँको आदेश कानुनसम्मत, मिसिल र तथ्यगत प्रमाणसम्मत नभएकाले थुनामुक्त गरी साधारण तारेखमा राखेर अनुसन्धान गर्न निवेदनमा माग गरिएको छ।

नाबालिग गायिकाले ११ फागुनमा सुटिङका क्रममा चिनजान भएसँगै विवाह गर्ने भनी प्रेमको झुटाे आश्वासन दिएर शाहले आफूलाई पटक-पटक जबर्जस्ती करणी गरेको भन्दै जिल्ला प्रहरी कार्यालय तनहुँमा उजुरी दिएकी थिइन्। आफूविरुद्ध उजुरी परेपछि शाह १५ फागुनमा आफैँ प्रहरीसमक्ष पुगेका थिए।
 

ad
ad
ad
ad