मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ चैत १६ बुधबार
  • Wednesday, 09 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ चैत १६ बुधबार ११:४४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

निर्वाचनमा मतदाताले इतिहास हेरेर दलको समीक्षा गर्नुपर्छ : नेता सिंह 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ चैत १६ बुधबार ११:४४:oo

नेपाली कांग्रेसका नेता  प्रकाशमान सिंहले निर्वाचनमार्फत जनताले इतिहास हेरेर दलहरूको समीक्षा गर्ने समय आएको बताएका छन्। बुद्धनगरमा आयोजित भेटघाट कार्यक्रममा बोल्दै उनले क्षणभरका घटनालाई हेरेर नभई विगतको पनि समीक्षा गरेर मत दिनसमेत आग्रह गरे। उनले कुन दलले कुन समयमा देश र जनताका लागि के गर्‍यो, त्यसको सही मूल्यांकन गर्ने समय आएको बताए। 

‘नेपाली नागरिकलाई अधिकार दिलाउने पार्टी कांग्रेस हो। अब चुनाव नजिक आइसकेको छ, कुन पार्टीले के गरिरहेको छ,  जनताले लेखाजोखा गर्ने वेला आएको छ,’ उनले भने, ‘कसले कुन समयमा देश र जनताका लागि लागि के गर्‍यो यसको सही मूल्यांकन गर्नुपर्छ। क्षणभरका घटनाका क्रम मात्रै नभई विगतको पनि समीक्षा गरेर आफ्नो मत दिनुहोला ।’

त्यस्तै, उनले गठबन्धनको औचित्य अझै  नसकिएकाले स्थानीय आवश्यकताका आधारमा  गठबन्धनभित्रका दलहरूबीच तालमेल गरेर जानुपर्ने बताए। उनले कहाँ कसरी तालमेल गर्ने भन्ने विषयमा छिट्टै दलहरू बसेर मोडालिटी तय गर्ने बताए।