१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ चैत १४ सोमबार
  • Wednesday, 26 June, 2024
२o७८ चैत १४ सोमबार १६:२२:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

लमजुङमा राष्ट्रिय मान्यता प्राप्तबाहेक १२ दल दर्ता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ चैत १४ सोमबार १६:२२:oo

स्थानीय तह निर्वाचनका लागि लमजुङमा राष्ट्रिय मान्यता प्राप्त दलबाहेक १२ राजनीतिक दल दर्ता भएका छन्। जिल्ला निर्वाचन कार्यालय लमजुङका अनुसार पाँच प्रमुख दलबाहेक १२ साना दलले निर्वाचनका लागि चिह्न लिन आयोगमा दल दर्ता गराएका हुन्।

राष्ट्रिय मान्यता प्राप्त दल नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीले जिल्लामा विवरण बुझाउनु नपर्ने भएकाले अन्य १२ दलले चिह्नका लागि विवरण बुझाएका हुन्। उनीहरूको विवरण निर्वाचन आयोगमा पठाइएको छ।

जिल्लामा मंगोल नेसनल अर्गनाइजेसन, सामाजिक एकता पार्टी, मौलिक जरोकिलो पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनसमाजवादी पार्टी नेपाल, नेपाल परिवार दल, राप्रपा नेपाल, विवेकशील साझा पार्टी, उन्नत लोकतान्त्रिक पार्टी, नेकपा (समाजवादी), राष्ट्रिय नागरिक पार्टी र आमूल परिवर्तन मसिहा पार्टी नेपाल दर्ता भएका छन्।

ad
ad
ad
ad