१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १९ बुधबार १२:३४:oo
Read Time : > 1 मिनेट
ad
ad
सप्तरंग डिजिटल संस्करण

ओस्कार अवार्ड : उत्कृष्ट फिल्मको उपाधि ‘कोडा’लाई, विल स्मिथ उत्कृष्ट अभिनेता

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार १२:३४:oo

९४औँ एकेडेमी अवार्ड ‘ओस्कर’मा यस वर्ष ‘कोडा’ उत्कृष्ट फिल्म घोषित भएको छ। २३ विधामा ओस्कार अवार्ड दिइएकोमा वर्षको उत्कृष्ट फिल्मको अवार्ड ‘कोडा’ले पाएको हो।

यसैगरी, फिल्म ‘ड्युन’ले ६ विधामा ओस्कर अवार्ड जितेको छ। ‘द पावर अफ दी डग’ले निर्देशन विधामा अवार्ड जितेकाे छ। फिल्मकी निर्देशक जेनी क्याम्पियनले उत्कृष्ट निर्देशकको उपाधि पाएकी हुन्। ओस्कारमा निर्देशकको रूपमा अवार्ड हात पार्ने उनी तेस्रो महिला हुन्।

त्यस्तै, उत्कृष्ट अभिनेताको उपाधि विल स्मिथले  पाएका छन्। स्मिथले ‘किङ रिचर्ड’का लागि उपाधि हात पारेका हुन्। जेसिका चेस्टनले फिल्म ‘द आइज अफ टेमी’का लागि उत्कृष्ट अभिनेत्रीको उपाधि पाएकी छिन्। अन्तर्राष्ट्रिय फिचर विधामा ‘ड्राइभ माई कार’ले उत्कृष्ट फिल्मको अवार्ड हात परेको छ।
 
ओस्कार अवार्ड २०२२ को विजेता सूची

बेस्ट पिक्चर : कोडा 
बेस्ट एक्टर : विल स्मिथ ( किङ रिचर्ड)
बेस्ट एक्ट्रेस : जेसिका चेस्टेइन ( द आइज अफ ट्यामी फेई ) 
बेस्ट डाइरेक्टर : जेन क्याम्पियन ( द पावर अफ डग)
बेस्ट सपोर्टिङ एक्ट्रेस : एरियाना डेबोस ( द वेस्ट साइड स्टोरी )
बेस्ट सपोर्टिङ एक्टर : ट्रोइ कोत्सर (कोडा) 
बेस्ट इन्टरनेसनल फिचर फिल्म : ड्राइभ माई कार  (जापान )
बेस्ट एनिमेटेड फिचर फिल्म : एनकान्टो 
बेस्ट ओरिजिनल सङ : नो टाइम टु डाई (बिली इलिश एन्ड फिनिस ओकोनेल) 
बेस्ट ओरिजिनल स्कोेर : ड्युन ( हान्स जिमर) 
बेस्ट डक्युमेन्ट्री फिचर : समर अफ  सउल 
बेस्ट सिनेमाटोग्राफी : ड्युन 
बेस्ट साउन्ड : ड्युन 
बेस्ट भिजुअल इफेक्ट्स : मनो ड्युन 
बेस्ट एडप्टेड स्क्रिनप्ले : सायन हेडेर कोडा 
बेस्ट कस्ट्युम डिजाइन : क्रुएल (जेन्नी विभान) 
बेस्ट मेकअप एन्ड हेयर स्टाइलिङ : द आइज अफ  ट्याम्मी फे 
बेस्ट प्रोडक्सन डिजाइन : ड्युन 
बेस्ट एनिमेटेड सर्ट फिल्म : द वाइन्डसिड वाइपर 
बेस्ट लाइभ एक्सन सर्ट फिल्म : द लङ गुडबाई 
बेस्ट डक्युमेन्ट्री सर्ट : द क्विन अफ बास्केटबल 
बेस्ट ओरिजिनल स्क्रिनप्ले : केनेथ ब्रानग (बेलफास्ट) 
बेस्ट फिल्म एडिटिङ : ड्युन ( जोए वाकर )

ad
ad