१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ चैत ११ शुक्रबार
  • Friday, 05 July, 2024
तिवारी यादव वीरगन्ज
२o७८ चैत ११ शुक्रबार १८:३७:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

मधेस प्रदेश : ठोरी पहिलो पर्यटकीय क्षेत्र घोषणा, १० करोड बजेट विनियोजन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ चैत ११ शुक्रबार १८:३७:oo

पर्साको ठोरीमा मधेस प्रदेश सरकारको मन्त्रिपरिषद् बैठक सम्पन्न भएको छ। मधेस प्रदेशकै पहिलो पर्यटकीय क्षेत्र ठोरी गाउँपालिकालाई घोषणा गर्दै बैठकले १० करोड रकम छुट्याउने निर्णय गरेको हो । 

ठोरी जंगल रिसोर्टमा बसेको मन्त्रिपरिषद् बैठकले ठोरी गाउँपालिकालाई पर्यटकीय क्षेत्र घोषणा गर्दै  बजेट छुट्याएको मन्त्रिपरिषद् बैठकले जनाएको छ । पर्यटनको आकर्षणको केन्द्र ठोरीको विभिन्न क्षेत्रमा विकास गरिने मुख्यमन्त्री लालबाबु राउतले जानकारी दिए । 

बैठकमा मुख्यमन्त्री राउत, भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादव, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विजय यादव, उद्योग तथा पर्यटनमन्त्री शत्रुघन महतो, अर्थमन्त्री शैलेन्द्र साह, खानेपानीमन्त्री ओमप्रकाश शर्मा, सामाजिक विकासमन्त्री नवलकिशोर साह, आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरत साह, कानुनमन्त्री प्रमोद यादवसहितका मन्त्रिमण्डलका मन्त्री सहभागी थिए ।

ad
ad
ad
ad