१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २४ सोमबार १६:५७:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

प्रधानमन्त्री अर्काे पार्टीको हुनाले अपेक्षित काम गर्न सकिएन : मन्त्री श्रेष्ठ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १६:५७:oo

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री तथा एकीकृत समाजवादीका नेता कृष्णकुमार श्रेष्ठले अर्काे पार्टीको प्रधानमन्त्री भएको हुनाले अपेक्षित काम गर्न नसकिएको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित पार्टीनिकट एकीकृत ट्रेड युनियन महासंघ नेपाल घोषणा तथा सम्मान समारोहमा बोल्दै मन्त्री श्रेष्ठले यति हुँदाहुँदै पनि सरकारमा आफ्नो पार्टीकाे सशक्त उपस्थिति देखिएको दाबी गरे । 

उनले केही महिनाभित्र नै नेपाल ट्रेड युनियनभन्दा एकीकृत ट्रेड युनियन महासंघ नेपाल ठूलो बन्ने दाबीसमेत गरे । त्यसका लागि  आवश्यक सहयोग मन्त्रालयबाट आफूले गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे । नेकपा (एकीकृत समाजवादी) सरकारमा गएपछि स्वर्णीम कालको रूपमा ट्रेड युनियन आन्दोलनलाई अघि बढाएको दाबी पनि मन्त्री श्रेष्ठले गरे ।

 मन्त्री श्रेष्ठले एकीकृत ट्रेड युनियन महासंघ, नेपालमा आबद्ध भएका सदस्यहरूलाई राजनीति नभई श्रमिकका हकहितबारेमा सोच्न पनि आग्रह गरे । 

ad
ad