
पत्नीले मदिरा सेवन गरी कुटपिट गर्दा पतिको मृत्यु भएको छ । मंगलबार साँझ हेटौँडा उपमहानगरपालिका–३ जम्बोकी ४१ वर्षीया पत्नी अनिता विकले मदिरा सेवन गरी ४३ वर्षीय पति मित्रलाल सुनारमाथि कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले बताए ।
पत्नीको कुटाइबाट घाइते सुनारको उपचारको क्रममा हेटौँडा अस्पतालमा मृत्यु भएको हो । अनिता विकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको जनाएको छ । घटनाको आवश्यक अनुसन्धान भइरहेको रिमालले जानकारी दिए ।