१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १८ मंगलबार १४:४१:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

लेटाङ घटनाबारे दुःख व्यक्त गर्दै प्रदीप पौडेलद्वारा दोषीलाई कारबाहीको माग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार १४:४१:oo

नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले मोरङको लेटाङमा भएको घटनाप्रति दुःख व्यक्त गरेका छन्। मंगलबार एक विज्ञप्ति जारी गर्दै उनले दोषीलाई कारबाहीको माग गरेका हुन्।

निष्पक्ष छानबिन गरेर कानुनी उपचार खोज्नुपर्ने यस्ता घटनामा सामाजिक अवरोधले थप दुर्घटना हुने उल्लेख गर्दै उनले यस्ता घटना बारम्बार दोहोरिँदा सामाजिक सुरक्षामाथि नै गम्भीर प्रश्न खडा भएको बताएका छन्। विद्यार्थीमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेका शिक्षकलाई कारबाहीको माग गर्दै आन्दोलित स्थानीयले आक्रमण गर्दा प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु भएको थियो।

‘आवेग र आक्रोशले कुनै समस्याको समाधान दिन सक्दैन। त्यसैले थप घटना दोहोरिन नदिन सबैमा अनुरोध गर्दछु। दुवै घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गर्न जोडदार माग गर्दछु,’ उनले भनेका छन्, ‘मृतक प्रहरी श्रेष्ठको आत्माको चिरशान्तिको कामना गर्दै परिवारजनमा समवेदना व्यक्त गर्दछु। घाइते भएकाहरको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु।’

 

ad
ad