१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ चैत ८ मंगलबार
  • Saturday, 29 June, 2024
२o७८ चैत ८ मंगलबार १३:२७:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

इजाजत प्राप्त हातहतियार बुझाउन जुम्ला प्रशासनको निर्देशन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ चैत ८ मंगलबार १३:२७:oo

जिल्ला प्रशासन कार्यालय जुम्लाले इजाजत प्राप्त हातहतियार बुझाउन निर्देशन दिएको छ। आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचन भयरहित वातावरणमा सम्पन्न गर्न इजाजत प्राप्त सबै हतियार बुझाउन प्रशासनले निर्देशन दिएको हो।

प्रशासनले एक सूचना जारी गर्दै एक महिनाभित्र आ–आफ्नो नजिकको प्रहरी कार्यालयहरूमा हातहतियार बुझाउन सार्वजनिक रूपमा अपिल गरेको प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईंले बताइन्। उनले भनिन्, ‘प्रहरी कार्यालयमा बुझाएका हातहतियार सुरक्षित राखिने र निर्वाचन कार्य सम्पन्न भएपश्चात् सम्बन्धित धनीलाई नै फिर्ता गरिनेछ।’

कोही–कसैले विनाइजाजतका भरुवा तथा एअर गन राखेको भए आगामी चैत २२ गतेभित्र स्वतस्फुर्त रूपमा नजिकको प्रहरी कार्यालयमा बुझाउन प्रशासनले सूचित गरेको छ।

निर्धारित समयभित्र नबुझाई अटेर गरी बसेको पाइएमा त्यस्ता व्यक्तिको हातहतियार खोजतलास गरी कानुनबमोजिम कारबाही गरिने प्रशासनले स्पष्ट पारेको छ। अभिलेखअनुसार जुम्लामा एकजनाले मात्रै इजाजत प्राप्त गरी हातहतियार राखेको नायव सुब्बा कविदत्त न्यौपानेले जानकारी दिए।

ad
ad
ad
ad