मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ चैत ८ मंगलबार
  • Tuesday, 11 March, 2025
नयाँ पत्रिका काठमाडाैं
२o७८ चैत ८ मंगलबार १o:५९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पहाडी भूभागमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७८ चैत ८ मंगलबार १o:५९:oo

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना छ । सो प्रणालीको प्रभावले पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली र प्रदेश १ र गण्डकी प्रदेशको पहाडी भूभागका केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जला तथा मौसम विज्ञान विभागले जनाएको छ । अन्य भूभागमा सामान्यतया सफा रहने भएको छ ।

राति देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही प्रदेश १ को पहाडी भूभागका एक वा दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको बताइएको छ । देशभर तापक्रम बढ्ने क्रममा रहेकाले गर्मीका कारण हुन सक्ने असरबाट बच्न र पहाडी भूभागको एक वा दुई स्थानमा मेघगर्जन, चट्याङको सम्भावना रहेको हुनाले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणानुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १४ दशमलव ६ डिग्री र अधिकतम तापक्रम २९  दशमलव तीन डिग्री सेल्सियस रहेको छ । त्यस्तै, आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम चार दशमलव एक डिग्री र सबैभन्दा धेरै नेपालगन्जको अधिकतम तापक्रम ३७ दशमलव शून्य डिग्री सेल्सियस रहेको छ ।