१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ चैत ८ मंगलबार
  • Wednesday, 03 July, 2024
२o७८ चैत ८ मंगलबार o७:o५:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
अर्थ प्रिन्ट संस्करण

महामारीपछि पदमार्गमा पर्यटकको चहलपहल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ चैत ८ मंगलबार o७:o५:oo

कोरोना महामारी सुरु भएदेखि नै सुनसान बनेको अन्नपूर्ण पदमार्गमा विदेशी पर्यटक देखिन थालेका छन् । घट्दो कोरोना संक्रमण दर र अनुकूल मौसमका कारण पदयात्रा गर्ने विदेशी पर्यटक बढेका हुन् । मस्र्याङ्दी गाउँपालिका–६ बाहुँनडाँडाकी होटेल व्यवसायी पारु गुरुङका अनुसार गर्मी बढेसँगै पदयात्रा गर्ने विदेशी पनि बढेका छन् । उनी भन्छिन्, ‘पदमार्गमा बाह्य पर्यटक देख्दा पनि खुसी लागेको छ । फेरि पर्यटन व्यवसाय बौरिन्छ कि भन्ने आशा जागेको छ ।’

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) पर्यटक जाँच केन्द्र धारापानीका पर्यटन सहायक क्षेत्रबहादुर गुरुङका अनुसार जनवरी २०२२ देखि हालसम्म  जम्मा पाँच सय ८५ जना विदेशी पर्यटक आएका छन् । उनका अनुसार जनवरीमा ४१, फेब्रुअरीमा एक सय ६९ र १५ मार्चसम्म तीन सय ७५ जना विदेशी पर्यटक पदमार्ग भ्रमणमा आएका छन् । पदमार्गमा अहिले दैनिक ३०–४० जना विदेशी पर्यटक आउने गरेको उनको भनाइ छ । 

आन्तरिक पर्यटक पनि बढे
मनाङका पर्यटन व्यवसायी विनोद गुरुङले बाह्य पर्यटकको आगमन बढेपछि पर्यटन क्षेत्रमा चहलपहल बढ्ने आशा पलाएको बताए । मनाङ सदरमुकाम चामेसम्म मोटरबाटो पुगेपछि आन्तरिक पर्यटक पनि वृद्धि भएको छ । पदयात्रामा विशेषगरी इजरायल, जर्मनी, फ्रान्स, अस्ट्रेलिया, बेलायत र अमेरिकाका पर्यटकहरू आउने गरेको एक्यापको तथ्यांक छ । अन्नपूर्ण पदमार्ग विश्वका १० उत्कृष्ट गन्तव्यमध्ये एक हो । 

अघिल्लो वर्ष २३ सय ७३ पर्यटकले गरे अन्नपूर्ण पदयात्रा
अन्नपूर्ण पदमार्गअन्तर्गत मनाङमा अघिल्लो वर्ष सन् २०२१ मा दुई हजार तीन सय ७३ विदेशी पर्यटक पुगेका थिए । एक्याप मनाङको धारापानी चेकपोस्टका अनुसार सन् २०२१ मा दुई हजार तीन सय ७३ जना विदेशी पर्यटक अन्नपूर्ण पदमार्गअन्र्तगत मनाङ घुम्न आएका थिए । यस्तै, सन् २०२० मा एक हजार नौ सय ७६ जना मात्रै पुगेका थिए ।

ad
ad
ad
ad