Skip This
नेविसंघमा उमेरहद लगाउने निर्णयको त्रिवि केन्द्रीय क्याम्पसमा स्वागत
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ चैत ७ सोमबार
  • Tuesday, 16 September, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ चैत ७ सोमबार १७:३o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नेविसंघमा उमेरहद लगाउने निर्णयको त्रिवि केन्द्रीय क्याम्पसमा स्वागत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ चैत ७ सोमबार १७:३o:oo

सत्तारुढ दल नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघमा उमेरहद लगाउनु राम्रो भन्दै त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा नेविसंघका नेताहरूले स्वागत गरेका छन्। नेविसंघको तदर्थ समिति ३२ वर्षमुनिको उमेर हदबन्दी लागू गरेर ल्याउने कांग्रेस कार्यसम्पादन समिति निर्णयको स्वागत गरेका हुन्।

सोमबार त्रिभुवन विश्वविद्यालयमा ब्यानरसहित ३२ वर्षमुनिको निर्णय छिटो कार्यावन्यन होस् भन्ने मागसहितको प्लेकार्ड पनि उनीहरूले प्रदर्शन गरेका छन्। ‘नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको निर्णय स्वागतयोग्य छ, नेविसंघ  केन्द्रीय तदर्थ समिति ३२ मुनि हुनुपर्छ लगायतका नारा लेखिएका ब्यानर प्रदर्शन गरिएको थियो।

नेविसंघका नेताहरूले कक्षाकोठामा जानुअघि केन्द्रीय कार्यसम्पादन समितिलाई धन्यवाद दिँदै ३२ वर्षमुनिको निर्णयलाई स्वागत गर्दछौँ भनेर ब्यानरसहित उपस्थित भएर तत्काल नयाँ कार्यसमिति ल्याउन पार्टीको ध्यानाकर्षण गराएका हुन्।