नेकपा एमालेको पोलिटब्युराेको बैठक सुरु भएको छ। स्थानीय तह निर्वाचनको विषयमा छलफल गर्न बैठक बसेको हो। बबरमहलमा बसेको बैठकमा समसामयिक राजनीतिक विषय, स्थानीय तह निर्वाचनको घोषणापत्र, उम्मेदवार छनोटको मापदण्डलगायतका विषयमा छलफल हुने जनाइएको छ। बैठकले चैत ९ र १० गते बस्ने केन्द्रीय कमिटीको बैठकका एजेन्डा पनि तय गर्नेछ।