मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ चैत ६ आइतबार
  • Monday, 16 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ चैत ६ आइतबार १८:१३:oo
Read Time : < 1 मिनेट
साहित्य डिजिटल संस्करण

विमल सिटौलाको उपन्यास ‘निर्दोष डेरावाल’बजारमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ चैत ६ आइतबार १८:१३:oo

विमल सिटौलाको उपन्यास ‘निर्दोष डेरावाल’ विमोचन भएको छ। शनिबार त्रिभुवन विश्वविद्यालयमा पुस्तकको विमोचन गरिएको हो। पुस्तकको वरिष्ठ साहित्यकारद्वय पूर्वप्रा.डा. गोविन्दराज भट्टराई, अञ्जना वस्ती भट्टराई, साहित्यकार तथा शिक्षाविद् डा. सुरेन्द्र सिटौला, समालोचक साधना प्रतीक्षा र महेश पौडेललगायतले संयुक्त रूपमा विमोचन गरेका हुन्।

पुस्तक विमोचनपछि पूर्वप्रा.डा. भट्टराईले विश्वविद्यालयमा लामो समयपछि एक विलक्षण प्रतिभा भएका हस्तीको जन्म भएको बताए। उनले मुग्लान उपन्यास निकाल्दा आफू २१ वर्षको ठिटो भएको स्मरण गर्दै लेखकले यो उमेरमा यति सशक्त कृति निकालेकोमा हर्षले विभोर भएको बताए। करिब ४८ वर्षपछि क्याम्पसमा उदाएको लेखकमा प्रचुर कल्पनाशीलता भएको उनको भनाइ थियो। 

समालोक महेश पौडेलले उपन्यास एउटा तिलस्मी भएको दाबी गरे। समाजमा बदनाम भइसकेपछि त्यसबाट कसरी छुटकारा पाउने भन्ने प्रश्न उपन्यासले गरेको उनले बताए। समीक्षक साधना प्रतीक्षाले बौद्धिक चोरीमा आफ्नो पीडा व्यक्त्त गर्न नसकेका आमबाैद्धिक वर्गको पीडालाई उपन्यासले उतारेको बताइन्। पैरवी बुक हाउसले बजारमा ल्याएको उपन्यासको मूल्य ३७५ रुपैयाँ रहेको छ।