१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ चैत ६ आइतबार
  • Monday, 30 June, 2025
फाइल फाेटाे ।
नयाँ पत्रिका काठमाडौं
२o७८ चैत ६ आइतबार १४:५४:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रतिनिधिसभा नहुँदा राष्ट्रिय सभालाई भूमिकासहित चलाउनुपर्ने अध्यक्ष तिमिल्सिनाको धारणा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ चैत ६ आइतबार १४:५४:oo

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रतिनिधिसभा नभएको वेलामा पनि राष्ट्रिय सभालाई भूमिकासहित चलाउनुपर्ने व्यवस्था गरिनुपर्ने बताएका छन्। शुक्रबार न्युज एजेन्सी नेपालसँगको कुराकानीमा अध्यक्ष तिमिल्सिनाले विगतमा प्रतिनिधिसभा नहुँदा संसदबाहिरबाटै बजेट ल्याइएको उल्लेख गर्दै यस्ताे धारणा राखेका हुन्।

प्रतिनिधिसभामा उत्पत्ति भएर राष्ट्रिय सभामा आएका विधेयकहरूको ६० दिनभित्र निर्णय गरेर पठाउनुपर्ने व्यवस्था भए पनि प्रतिनिधिसभामा भने सो व्यवस्था नभएकाले ०७५ देखिका विधेयक प्रतिनिधिसभामा थन्किएको उनले उल्लेख गरे। यसले गर्दा कानुन निर्माण हुन नसकेको उनको भनाइ छ। अध्यक्ष तिमिल्सिनाले यो प्रतिनिधिसभा विघटन भएर चुनावतिर गएको अवस्थामा राष्ट्रिय सभाले मिहिनेत साथ पारित गरेर पठाएका विधेयकहरू शून्य अवस्थामा पुग्ने भएकाले आगामी दिनमा यस्ता विषयहरूमा ध्यान दिएर दुवै सदनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए।

‘हाउस नै नचल्ने अहिलेको वेलामा बाहेक अरू वेलामा हामीले प्रतिनिधिसभामा कुनै कारणले अवरोध हुँदा पनि राष्ट्रिय सभा चलाएका थियौँ। तर, यसपटकचाहिँ अलिकति के भयो भने खासगरीकन अब सबैलाई थाहा छ, प्रतिनिधिसभामा दल विभाजनसम्बन्धी जुन कुरा पर्‍याे, मैले यो कुरा गरिरहँदा उहाँहरूले राष्ट्रिय सभामा पनि विभाजन भयो नि त। त्यो प्रतिनिधिसभामा मात्रै भएर यहाँचाहिँ राष्ट्रिय सभामा सबै एकै ठाउँमा एउटै भएको भए त हामी यहाँ उठाउने थिएनौँ। प्रतिनिधिसभाको मात्रै विषय हुन्थ्यो । तर, राष्ट्रिय सभाका केही माननीय त त्यसैगरी दल बदल गरेर जाने स्थिति भएपछि त अनि हामी कसरी यसलाई स्विकारेर बस्न सक्छौँ भन्ने कुरा आएपछि त मैले भन्ने विषय धेरै भएन । त्यो एउटा स्थिति हो । यसकारण त्यो राजनीतिक विषय कहिलेकाहीँ हुन्छ । सधैँभरि त्यस्तो हुँदैन भन्ने मलाई लाग्छ । तर, के छ भने मुख्यगरीकन अब हामीले सोच्नुपर्ने विषय भनेको प्रतिनिधिसभा नभएको वेलामा पनि राष्ट्रिय सभा कसरी चलाउने, किनकि यो परिकल्पना अलि त्यस्तो गरिएन छ कि ?’ उनले भने।