सर्वोच्च अदालतले अध्यादेशमार्फत संवैधानिक नियुक्तिविरुद्धको मुद्दा हेर्दाहेर्दैमा राखेको छ। शुक्रबार संवैधानिक इजलासमा सुनुवाइ सुरु भएको मुद्दामाथि बहस जारी रहेकाले हेर्दाहेर्दैमा राखिएको सर्वोच्चले जनाएको छ।
सुनुवाइका लागि कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीको संयोजकत्वमा न्यायाधीशहरू मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडा रहेको इजलास गठन गरिएको छ।
तत्कालीन प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले अध्यादेशमार्फत संवैधानिक निकायमा नियुक्ति गरेको थियो। तत्कालीन सरकारले दुईपटक गरी ५२ संवैधानिक पदमा नियुक्ति गरेको थियो।