१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ चैत ४ शुक्रबार
  • Saturday, 28 September, 2024
फाइल फाेटाे ।
२o७८ चैत ४ शुक्रबार १४:o४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कर्जाको ब्याजदर आधार दरमा दुई प्रतिशतभन्दा बढी हुन नदिने अर्थमन्त्री शर्माको प्रतिबद्धता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ चैत ४ शुक्रबार १४:o४:oo

अर्थमन्त्री जनार्दन शर्माले बैंकहरूले उद्योगलाई दिने कर्जाको ब्याजदर आधार दरमा दुई प्रतिशतभन्दा बढी हुन नदिने प्रतिबद्धता जनाएका छन्। शुक्रबार ललितपुर उद्योग वाणिज्य संघको ५५औँ स्थापना दिवसको अवसरमा अर्थमन्त्री शर्माले यस्तो बताएका हुन्।

पछिल्लो समय बैंकको ब्याजदर वृद्धि हुँदा उद्योगी–व्यवसायीहरूलाई समस्या परेको र ती समस्या समाधानका लागि सरकारले काम गरिरहेको अर्थमन्त्री शर्माले बताए। मन्त्री शर्माले नेपालको बैंकिङ क्षेत्र र व्यवसाय क्षेत्र सबै गोलमाल भएको उल्लेख गर्दै उद्योग व्यवसायको विकासका लागि उद्योगीहरूले सुझाव दिनुपर्ने बताए।

‘पछिल्लो समयमा बैंकको ब्याजदर जसरी वृद्धि भएको छ, त्यसले उद्योग वाणिज्य क्षेत्रमा उद्योगी–व्यवसायीहरूलाई समस्या पैदा भएको छ। त्यसलाई कसरी समाधान गर्ने भनेर मैले बृहत् छलफल सुरु गरेको छु। राष्ट्र बैंकसँग परामर्श गरिरहेको छु र यसलाई निकास दिनुपर्छ भन्ने मान्यतामा अर्थ मन्त्रालय लागिरहेको छ। यो बैंकहरूले स्वतः आफैँ बढाउन पाउने खालको नीति बनेको रहेछ। त्यो नीतिअनुसार अहिले ब्याजदर रेट निर्धारण गर्ने अधिकार स्वयं बैंकहरूको आफ्नो एसाेसिएसनले गर्ने भएको हुनाले उहाँहरूसँग पनि छलफल गरेर यसलाई एउटा बीचको बाटो खोज्नुपर्ने आवश्यकता छ। मैले उत्पादन क्षेत्रको लोन त्यसलाई बेस रेटभन्दा दुई प्रतिशतभन्दा बढी बनाउन हुँदैन भनेर राष्ट्र बैंकलाई सल्लाह दिएको छु। त्यो निर्णय गर्न र अन्य ब्याजलाई पनि एउटा निश्चित रेन्जभन्दा माथि नजाने गरेर निर्धारण गर्नुपर्छ नत्रभने व्यवसायीहरूले एउटा स्तरमा लिएको ऋण ब्याज बढेर असफल हुने अवस्था सिर्जना हुन्छ। त्यसकारण व्यवसायलाई बढाउनुपर्छ भन्ने कुरामा छलफल भइरहेको छ र हामी यसमा छिट्टै निकास निकाल्नेछौँ,’ अर्थमन्त्री शर्माले भने।