एनएमबि बैंकले भिडियो केवाइसी, भिडियो कलमा आधारित खातासँगै डिम्याट, मेरो सेयर र सिआरएन पनि अनलाइनबाट नै लिन सकिने योजना ल्याएको छ । बैंकले भिडियो कलमार्फत अनलाइन नयाँ खाता खोल्न डिजिटल सेवा प्रयोग गरेर आफ्नो केवाइसी विवरण अपडेट गर्न सक्ने सुविधा पनि ल्याएको हो ।
बैंकले ग्राहकका लागि नेपालमा डिजिटल बैंकिङको अनुभवमा परिवर्तनको सुरुवात गरिरहेको जनाएको छ । अब मोबाइल र इन्टरनेट बैंकिङको परम्परागत उपयोगको परिधिभन्दा माथि उठेर बैंकसम्म नआईकनै बैंकिङ गतिविधि सञ्चालन गर्न सक्ने बैंकको दाबी छ ।
यस प्रकारको सेवाले ग्राहकलाई घरमै सहज ढंगले, पारदर्शिता, त्रुटिरहित र कागजविहीन बैंकिङ सेवा प्रदान गर्ने जनाइएको छ । बैंकले हाल देशभरि दुई सय एक शाखा, एक सय ३९ एटिएम र १० एक्सटेन्सन काउन्टरमार्फत सेवा दिइरहेको जनाएको छ ।