१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका जनकपुरधाम
२o८१ बैशाख २० बिहीबार १२:२३:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

जनकपुरधाम आइपुग्याे माध्यमिकी परिक्रमा, भोलि अन्तगृह परिक्रमा गर्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, जनकपुरधाम
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १२:२३:oo

मिथिला क्षेत्रको प्रसिद्ध मध्यमिथिला परिक्रमावासी आज जनकपुरधाम आइपुगेका छन्। फागुन शुक्ल अमावश्यादेखि जनकपुरधामबाट सुरु हुने माध्यमिकी परिक्रमा बिहारको गिरिजास्थान हुँदै महोत्तरीको मटिहानी, जलेश्वर, मडई, ध्रुवकुण्ड, कञ्चनवन, धनुषाको प्रवत्ता, धनुषाधाम, सतोषर, औरही, करुणा, कल्याणेश्वर हुँदै आज पुनः जनकपुरधाम गरी  गृह परिक्रमापश्चात् परिक्रमा सम्पन्न हुनेछ।

भोलि बिहान २ बजेदेखि नै श्रद्धालु भक्तजनहरू जनकपुरको गृह परिक्रमा गर्नेछन्। परिक्रमामा सहभागी हुने श्रद्धालुहरूले खाने, लाउने र सुत्ने सामग्री आफैँले बोकेर १५ दिनको अवधिमा करिब एक सय २७ किलोमिटर खाली खुट्टा हिँड्ने गरेका छन्।

यसैबीच, जनकपुरधामको बाह्रबिघामा पुगेका परिक्रमावासीको स्वागतमा मधेस प्रदेश सरकारको सहयोगमा बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्ले कार्यक्रमको आयोजना गरेको छ।

परिक्रमामा सहभागी हुँदा परिवारमा सुख–समृद्धिको आगमन, जीवनमा गरेको पापबाट मुक्ति  मरणाेपरान्त आत्माले शान्ति पाउने जनविश्वास रहेकाे छ। मिथिलाञ्चल क्षेत्रको ऐतिहासिक, धार्मिक तथा पौराणिक महत्वको १५ दिने मिथिला परिक्रमा शुक्रबार धनुषाको प्रवत्ता पुग्नेछ। परिक्रमाको प्रत्येक विश्रामस्थलमा मिथिला महात्म्यको कथा वाचन गर्ने परम्परा रहेको छ।

ad
ad