Skip This
ad
नेप्सेमा दोहोरो अंकको गिरावट कायमै : करिब ३० प्रतिशत घट्यो कारोबार
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २६ बुधबार
  • Wednesday, 08 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २६ बुधबार o७:५६:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

नेप्सेमा दोहोरो अंकको गिरावट कायमै : करिब ३० प्रतिशत घट्यो कारोबार

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २६ बुधबार o७:५६:oo

सेयर बजार परिसूचक नेप्से लगातार दोस्रो दिन पनि ओरालो लागेको छ । बुधबार नेप्से परिसूचक १९ दशमलव ७२ अंकले घटेर दुई हजार ६ सय ३१ बिन्दुमा आइपुगेको छ ।  दुई हजार पाँच सयबाट लगातार बढेर करिब दुई हजार सात सय पुगेसँगै नेप्से घट्ने क्रममा छ । बजारलाई टेवा पुर्‍याउने आधारभूत पक्षमा खासै सुधार आउन नसके पनि बैंकहरूले ब्याजदर नबढाउँदा लगानीकर्ताहरू केही आशावादी बनेका थिए । 

तर, यो कारणले मात्र बजार बढ्न पर्याप्त देखिएन । बजारमा विद्यमान रहेको तरलता समस्या र अर्थतन्त्रमा सजिलै सुधार नहुने संकेतले पनि बजारलाई प्रतिरोध दिइरहेको छ । यही कारणले लगानीकर्ताहरूले ठोस निर्णय लिन सकेका छैनन् । बजारमा कारोबार रकम पनि २९ प्रतिशतले घटेको छ । 

बुधबार बजारमा कारोबारमा आएका दुई सय ३१ धितोपत्र तथा ऋणपत्रमध्ये ६१ वटाको मूल्य बढेको छ भने एक सय ६४ वटाको मूल्य घटेको छ । सर्वसाधारणले सजिलै किनबेच गर्न सक्ने सेयरको कारोबार मापक सूचक फ्लोट परिसूचक र क वर्गका कम्पनीहरूको कारोबार मापक सूचक सेन्सेटिभ परिसूचक पनि घटेका छन् । 

सेयर मूल्य घट्दो क्रममा रहे पनि नेपाल टेलिकम कारोबार रकमका आधारमा अग्रस्थानमा छ । कम्पनीको १६ करोड ३६ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको हो । कम्पनीले २० प्रतिशत नगद र २० प्रतिशत बोनस सेयर घोषणा गरेको छ । कारोबार रकमका आधारमा दोस्रो स्थानमा गरिमा विकास बैंक छ । कम्पनीको १२ करोड २४ लाख रुपैयाँको कारोबार भएको हो । १६ प्रतिशत बोनस सेयर दिन लागेको गरिमा विकास बैंकको लाभांश प्राप्त गर्ने बुधबार अन्तिम दिन रहेकाले पनि कारोबार रकम भने बढेको हो । 

मूल्यका आधारमा इमर्जिङ नेपालको सेयर सबैभन्दा धेरैले वृद्धि भएको छ । कम्पनीको सेयर मूल्यमा सर्किट लागेर चार सय ७२ रुपैयाँ पुगेको छ । युनाइटेड इदी मर्दी एन्ड आरबी हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै ४ दशमलव ९२ प्रतिशतले घटेको छ । उच्च मूल्यमा कारोबार भइरहेका कम्पनीको सेयरको मुल्य पछिल्लो समय केही घट्न थालेका छन् । गत आवभरिमा गरेको नाफाबराबर कम्पनीले चालू आवको दोस्रो त्रैमासमै गरेका कारण पनि लगानीकर्ताहरू आकर्षित हुँदै आएका थिए । सेयर बजारको आकार बुधबार ३७ खर्ब ३० अर्बमा सीमित भएको छ । केही महिनाअघि बजारको आकार ४२ खर्बसम्म पुगेको थियो ।   

ad
ad