१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ चैत ३ बिहीबार
  • Wednesday, 03 July, 2024
२o७८ चैत ३ बिहीबार o७:४३:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
अर्थ प्रिन्ट संस्करण

अवार्डमा नबिल  इन्भेस्टमेन्ट सहप्रायोजक 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ चैत ३ बिहीबार o७:४३:oo

एनएसजेएफ–पल्सर स्पोर्टस् अवार्ड–२०७७ दशकका लागि आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेडसँग सह–प्रायोजन सम्झौता गरेको छ । मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदी र नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेडका प्रमुख मनोहर कँडेलले बुधबार सह–प्रायोजनसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । १८औँ संस्करणको पल्सर स्पोर्टस् अवार्ड ८ चैतमा  कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजना हुनेछ ।

सह–प्रायोजक बनेबापत नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेडले अवार्डलाई लगानी व्यवस्थापक पार्टनरका रूपमा आर्थिक सहयोग गर्नेछ ।  लिमिटेडका प्रमुख कँडेलले खेलकुदको प्रतिष्ठित कार्यक्रममा आफ्नो संस्था जोडिन पाएकोमा खुसी व्यक्त गर्दै खेलकुदका लागि सहयोग गर्न आफू पछि नपर्ने बताए ।

मञ्चका अध्यक्ष सुवेदीले चर्चित संस्था नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेडलाई अवार्डको सहयोगीका रूपमा पाउनु खुसीको क्षण भएको बताए । स्पोर्टस् अवार्डअन्तर्गत पिपल्स च्वाइस विधाको मनोनयन सार्वजनिक भइसकेको छ । 

ad
ad
ad
ad