१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ चैत २ बुधबार
  • Saturday, 06 July, 2024
गणेश लम्साल विराटनगर
२o७८ चैत २ बुधबार १३:३५:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

समाचार संकलन गर्न गएकी पत्रकार प्रहरी नियन्त्रणमा 

Read Time : > 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o७८ चैत २ बुधबार १३:३५:oo

अठार महिनाकी नाबालिकालाई बलात्कार गर्ने दाजुभाइलाई कडा कारबाहीको माग गर्दै राजमार्गमा प्रदर्शन भएको समाचार संकलन गर्न गएकी एक महिला पत्रकारलाई प्रहरीले पक्राउ गरेर थुनामा राखेको छ ।  

सुन्दरहरैँचा नगरपालिका–  ७ गणेशपुरकी १८ महिनाकी   नाबालिकालाई २७ फागुनमा बलात्कार गरेर हत्या गर्ने  दाजुभाइ  २८ वर्षीय मिथुन चौधरी र २५ वर्षीय अजय चौधरीलाई कडा कारबाहीको माग गर्दै मंगलबार साँझ पूर्व–पश्चिम राजमार्गमा प्रदर्शन भएको थियो । सोहीे प्रदर्शनको समाचार संकलन गर्न पुगेकी पूर्वीकमान्ड डटकममा आबद्ध पत्रकार सम्झना राईलाई प्रहरीले पक्राउ गरेको हो । उनीसहित अन्य दुई युट्युबर गरी प्रहरीले ११ जनालाई शान्ति व्यवस्थामा खलल पुर्‍याएको र अभद्र व्यवहार गरेकाे आरोपमा मुद्दा दर्ता गर्ने तयारी गरेको छ । 

अविलम्ब रिहाइको माग 
पत्रकार राईलाई विनाकारण पक्राउ गरेको भन्दै उनलाई अविलम्ब रिहा गर्न मोरङका पत्रकारहरूले माग गरेका छन् । समाचार संकलन गर्न गएकी पत्रकारलाई प्रहरीले पक्राउ गरेर अभद्र व्यवहारमा मुद्दा दर्ता गराउनु प्रेस स्वतन्त्रताविरोधी कार्य  भएको भन्दै आदिवासी–जनजाति पत्रकार महासंघ (फोनिज) मोरङ र प्रेस सेन्टर मोरङले पत्रकार राईलाई तुरुन्त रिहा गर्न माग गरेका छन् । 

प्रेस सेन्टर मोरङका अध्यक्ष अर्जुन आचार्य र फोनिज मोरङका सचिव अनिल श्रेष्ठले  पत्रकार राईलाई तुरुन्त रिहा नगरे प्रहरीविरुद्ध संघर्ष थाल्ने चेतावनी दिए । 
मोरङका एसपी जनार्दन जिसीले प्रहरीले आरोपीहरूलाई पक्राउ गरेर कानुनी दायरामा ल्याइसके पनि राजमार्ग अवरुद्ध गरेर सवारीसाधन तोडफोड गरेकोले दुईजना युटुबरसहित ११ जनालाई पक्राउ गरेको बताए । उनले पक्राउ परेकाहरूलाई छानबिन गर्ने र रिपाेर्टिङकै लागि आएको भए पत्रकार राईलाई  थुनामुक्त गर्ने बताए । 

२७ फागुन साँझ चौधरी दाजुभाइले लागुऔषध गाँजा र मद्यपान सेवन गरी १८ महिनाकी नाबालिकाको सामूहिक बलात्कारपछि हत्या गरेका थिए । फागुन २७ गते साँझ साढे ५ बजे बालिका हराएकोे थाहा पाएपछि खोजी गर्ने क्रममा उनी साढे ६ बजे घरनजिकै रहेको  झाडीभित्र  अचेत अवस्थामा फेला परेकी थिइन् । उनलाई उपचार गर्न विराटनगरस्थित नोबेल अस्पताल लगिए पनि उनको राति नै मृत्यु भएको थियो । 

नाबालिका बलात्कार गर्ने दाजुभाइ दुवैजनालाई मोरङ प्रहरीले पक्राउ गरेर अदालतबाट म्याद थप गरी अनुसन्धान गरिरहेको छ । 

ad
ad
ad
ad