मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ चैत २ बुधबार
  • Monday, 16 December, 2024
२o७८ चैत २ बुधबार o६:५o:oo
Read Time : < 1 मिनेट
सप्तरंग प्रिन्ट संस्करण

पल शाहलाई पुनः तनहुँ ल्याइयो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ चैत २ बुधबार o६:५o:oo

नाबालिका जबर्जस्ती करणीको अभियोगमा गैँडाकोट प्रहरी हिरासतमा रहेका कलाकार पूर्णविक्रम शाह (पल शाह)लाई तनहुँ ल्याइएको छ । गैँडाकोटमा अनुसन्धान सकिएपछि प्रहरीले बुधबार शाहलाई पुन: तनहुँ ल्याइएको हो । 

जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी युवराज खड्काले मंगलबार गैँडाकोट प्रहरीले शाहको बयान सकेर तनहुँ पठाएको बताए । शाह अहिले तनहुँ प्रहरीको हिरासतमा छन् । उनीमाथि थप अनुसन्धान भइरहेको छ । शाहविरुद्ध पूर्वी नवलपरासीमा पनि जबर्जस्ती करणी गरेको अभियोगमा जाहेरी परेको छ । जाहेरी परेको पत्र लिएर प्रहरी दमौली आएपछि शाहलाई गत मंगलबार गैँडाकोट पठाइएको थियो ।

शाहविरुद्ध १७ वर्षीया नाबालिगको परिवारले जबर्जस्ती करणी गरेको आरोपसहित ११ फागुनमा जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दर्ता गराएको थियो । त्यसको चार दिनपछि शाह प्रहरी कार्यालयमा आफैँ उपस्थित भएका थिए । नियन्त्रणमा लिएपछि पलका समर्थकहरूले तनहुँ प्रहरी कार्यालयअगाडि केही दिन हुलहुज्जतसमेत गरेका थिए ।