१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ चैत १ मंगलबार
  • Wednesday, 02 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ चैत १ मंगलबार १९:३१:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

स्थानीय तह निर्वाचनका लागि १ लाख म्यादी प्रहरीमा भर्ना खुल्यो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ चैत १ मंगलबार १९:३१:oo

नेपाल प्रहरीले स्थानीय तह निर्वाचनका लागि १ लाख म्यादी प्रहरी भर्नाका लागि आवेदन माग गरेको छ। नेपाल प्रहरीले जारी गरेको सूचनाअनुसार चैत्र ६ गतेदेखि चैत्र ११ गतेसम्म इच्छुक उम्मेदवारले दरखास्त दिन सक्नेछन्।

म्यादी प्रहरीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं, भक्तपुर, ललितपुर र सबै जिल्ला प्रहरी कार्यालयमा आवेदन दिन सकिनेछ। म्यादी प्रहरीका लागि आवेदन दिन १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेको उमेरहद तोकिएको छ। फौजदारी अभियोगमा कसुरदार नठहरिएको, राजनीतिक दलको सदस्य नभएको, शारीरिक तथा मानसिक रूपले स्वस्थ्य र साधारण लेखपढ गर्न जान्ने न्यूनतम योग्यता तोकिएको छ।

भर्ना छनाेट प्रारम्भ चैत्र १५ गतेदेखि हुने र नतिजा चैत्र २२ गते प्रकाशित हुने नेपाल प्रहरीले जनाएको छ। यस्तै छानिएका उम्मेदवारको प्रशिक्षण चैत्र २८ गतेदेखि हुनेछ। म्यादी प्रहरीको कार्यावधि जम्मा ४० दिनको हुनेछ।
म्यादी प्रहरीले प्रहरी जवानसरह मासिक २२ हजार ६८० तलब प्राप्त गर्नेछन्। उनीहरूको ४० दिनको तलब ३० हजार २४० बैंकमा जम्मा गर्ने व्यवस्था मिलाइएको छ।

खाद्यान्तबापत ७ हजार २ सय, पोसाकका लागि ६ हजारका दरले प्राप्त गर्नेछन्। निर्वाचनको क्रममा खटिने म्यादी प्रहरीलाई खटिएको ठाउँमा आउन र जाने तयारीका लागि एकपटकको लागि १ हजार दिइने व्यवस्था मिलाइएको छ। बिमालगायतका सुविधा सरकारले तोकेअनुसार हुने जनाइएको छ।