१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
२०७८ चैत १ मंगलबार १९:१०:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कांग्रेस सहभागी नभए वामगठबन्धन हुन सक्छ : मन्त्री खतिवडा

Read Time : < 1 मिनेट
२०७८ चैत १ मंगलबार १९:१०:००

स्वास्थ्यमन्त्री विरोध खतिवडाले आसन्न स्थानीय तहको निर्वाचनमा कांग्रेससँग गठबन्धन नहुने स्थिति आए वामगठबन्धन हुन सक्ने बताएका छन् । 

गोरखा अस्पतालको नवनिर्मित भवनको उद्घाटनपछि सञ्चारकर्मीसँग कुरा गर्दै खतिवडाले संविधानको रक्षाका लागि गरिएको वर्तमान गठबन्धनको निरन्तरता आफूहरूको पहिलो प्राथमिकताको विषय भएको उल्लेख गरे ।

'अहिलेको मुख्य आवश्यकता र प्राथमिकता कांग्रेससहितको गठबन्धन नै हो,' उनले भने, 'यदि कांग्रेस गठबन्धनमा नजाने परिस्थिति आए वामगठबन्धन हुन्छ ।' एमालेसँग भने गठबन्धन हुन नसक्ने खतिवडाले बताए । 

देशको राजनीतिक आवश्यकताले कांग्रेससँगको वर्तमान गठबन्धन निर्माण भएको उल्लेख गर्दै उनले निर्वाचनसम्म यसैलाई निरन्तरता दिएर अघि बढ्नुपर्नेमा आफूहरूको जोड रहेको बताए । 'एकीकृत समाजवादी वर्तमान गठबन्धनलाई निरन्तरता दिएर अघि बढ्न चाहन्छ,' खतिवडाले भने । रासस