१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार १८:५३:oo
Read Time : < 1 मिनेट
ad
ad
मल्टिमिडिया डिजिटल संस्करण

सहरमा ढकमक्क फूल (फोटो फिचर)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १८:५३:oo

काठमाडौंका सडक आसपासमा यतिवेला मौसमी फूल ढकमक्क छन्। विभिन्न प्रजातिका फूलहरू फुलेसँगै सडक रंगीन देखिएका छन्। वनस्पतीविद्हरूका अनुसार यतिवेला सडकमा फुलेका फूलहरू मौसमी हुन्। वसन्त ऋतुको आगमनसँगै फूल फूल्छन्।

यो समयलाई फूल फुल्ने समयमा रूपमा पनि लिइन्छ। उपत्यकाका विभिन्न ठाउँमा थरीथरीका फूल फुलेसँगै त्यसले सहरको शोभा पनि बढाएको छ। सडक आसपास, बगैँचा र पार्कहरूमा फूल फुलिरहेका छन्। मनै लोभ्याउने गरी फूल फुलेपछि सहरमा बस्नेहरू तिनै फूल हेर्न र फोटो खिच्न पुग्ने गरेका छन्।

वनस्पतिविद्हरूका अनुसार अचेल फुलेका फूल रातो, सेतो, निलो, गुलाबी रङका छन्। काठमाडौंका सडकमा रोपिएका विरुवाहरू फूलका प्रजाति मात्रै नभएर वनस्पति विरुवाका हुन्। जसले सहरको दृश्यलाई नै रंगीन र थप मनोरम देखाएको छ। 
 

 

 

ad
ad