१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ फाल्गुण २९ आइतबार
  • Saturday, 28 September, 2024
फाइल फाेटाे ।
२o७८ फाल्गुण २९ आइतबार १६:२o:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

रुसी आक्रमणमा नौ युक्रेनीको मृत्यु, ५७ घाइते

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ फाल्गुण २९ आइतबार १६:२o:oo

युक्रेनको एलभिभ सहरमा रुसी पक्षले गरेको आक्रमणमा परी युक्रेनी पक्षका नौजनाको मृत्यु भएको छ। रुसी सेनाले गरेको हवाई आक्रमणमा परी अन्य ५७ जना घाइते भएका स्थानीय सरकारी अधिकारीहरूले जानकारी दिएका छन्।

एलभिभ नगरका नगर प्रमुख अन्द्रीय साडोभियले आइतबार टेलिग्राममा लेखेका छन्, ‘दुर्भाग्यवश हाम्रा नौजनाको मृत्यु भएको छ भने ५७ जना घाइते भएका छन्।’ रुसले युक्रेनमा आक्रमण गरेपछि अहिलेसम्म लाखौँ मानिस विस्थापित भएका छन्। युक्रेनी नागरिकहरूले रुसी घेराबन्दीमा परेका सहरहरूबाट सुरक्षित ठाउँमा जाने प्रयास जारी राखेका छन्।

ठूलो आक्रमणमा परेका स्थानबाट सर्वसाधारणलाई निकाल्ने प्रयास भइरहेको अधिकारीहरूले जनाएका छन्। विशेष गरेर दक्षिणी बन्दरगाह साहर मारिउपोल, रुसी सीमासँग नजिकै रहेको सुमी तथा किएभबाहिर रहेका नगर र गाउँहरू बढी प्रभावित भएका हुन्। रासस/एएफपी