Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ फाल्गुण २९ आइतबार १३:५३:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

भारतले अन्तर्राष्ट्रिय कानुनविपरीत तटबन्ध बनाइरहँदा सरकार मौन : भीम रावल(भिडियोसहित)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ फाल्गुण २९ आइतबार १३:५३:००

नेकपा (एमाले)का सांसद भीम रावलले दार्चुलाको बंगबगरमा भारतले एकपक्षीय रूपमा तटबन्ध बनाएको विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्। आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै रावलले भारतले एकतर्फी रूपमा सीमाक्षेत्रमा डोजर चलाएको बताएका हुन्।

उनले भारतको उक्त कदम अन्तर्राष्ट्रिय कानुन र असल छिमेकीको मान्यताविपरीत रहेको टिप्पणी गरे। दार्चुलावासीले भारतको सो कार्य तत्काल बन्द गर्न आवाज उठाउँदै गर्दा सरकारले कुनै चासो नदेखाएको भन्दै उनले असन्तुष्टि व्यक्त गरेका छन्।

‘सुदूरपश्चिम प्रदेशको दार्चुलाको बंगबगरमा केही दिनअगाडि भारतीय पक्षबाट अन्तर्राष्ट्रिय कानुन, दुई देशको असल छिमेकीको मान्यताविपरीत एकतर्फी किसिमले तटबन्ध निर्माण गर्ने काम भइरहेका छ,’ उनले भने, ‘त्यहाँका जनताले आफ्नो भौगोलिक अखण्डता रक्षाका लागि महाकाली नदीलाई नेपालतिर फर्काउँदै गरेका भारतीयको गाडीलाई ढुंगा हानेर रोक्नुपर्‍याे भन्दा एउटा सार्वभौमसत्तासम्पन्न देशको नागरिका भएर हामीलाई हाम्रो सरकारप्रति लज्जाबोध गर्नुपर्ने स्थिति उत्पन्न भएको छ।’

त्यस्तै एमसिसीसँगको सम्झौताका राष्ट्रघाती प्रावधानहरूलाई यथावत् राखेर अनुमोदन गरिएको भन्दै उनले देशभक्त नेपालीहरूको आवाजलाई राज्यसंयन्त्र प्रयोग गरेर दबाउने षड्यन्त्र भइरहेको दाबी गरे। सम्झौता सदनबाट पारित भएपछि सरकारले के गरिरहेको छ भन्ने सम्बन्धमा जनतालाई जानकारी दिन पनि रावलले माग गरेका छन्।