१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ फाल्गुण २८ शनिबार
  • Wednesday, 26 June, 2024
२o७८ फाल्गुण २८ शनिबार o९:o८:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

मनाङमा विपदबारे सचेतना फैलाउँदै सशस्त्र प्रहरी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७८ फाल्गुण २८ शनिबार o९:o८:oo

डढेलोको याम सुरु भएसँगै सशस्त्र प्रहरीले मनाङका विद्यालयमा विपद् जोखिम तथा न्युनिकरण बारे सचेतना कार्यक्रम संचालन गरेको छ ।  मनाङको चामे गाउँपालिका चामेमा रहेको लोकप्रिय माविमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ३२ गुल्मले विपद् जोखिम तथा न्युनिकरणसम्बन्धी सचेतना कार्यक्रम सुरु गरेको हो ।सशस्त्र प्रहरीले लोकप्रिय मावि चामेको समन्वयमा लोकप्रिय माविको कक्षा ६ देखि १० सम्मका विद्यार्थीलाई विपद् जोखिम न्युनिकरण तथा प्रतिकार्य सम्बन्धी सचेतनामुलक कार्यक्रम सञ्चालन गरेको शसस्त्र प्रहरी बल नेपाल नम्बर ३२ गुल्म मनाङका प्रमुख डिएसपी अर्जुन पौडेलले बताए ।  

डढेलोको याम सुरु भएसँगै गुल्मले डढेलो नियन्त्रणका लागि विपद् तथा उद्धारसम्बन्धी तालिमप्राप्त सुरक्षाकर्मीलाई तयारी अवस्थामा राखेको उनले बताए ।विद्यालयमा संचालन गरिएको सचेतना कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल नम्बर ३२ गुल्मका सशस्त्र प्रहरी निरिक्षक सुवास थापाले विद्यार्थीलाई अग्नी नियन्त्रण तथा अग्नी शामक यन्त्रको प्रयोग र उपयोगिता, वनजंगल र घरमा लाग्ने आगो नियन्त्रण कसरी गर्ने र विपद् व्यवस्थापन सम्बन्धी पुर्वतयारीबारे जानकारी गराएका थिए ।

सचेतना कार्यक्रममा विद्यार्थीलाई आगालागी भनेको के हो, आगोलाग्दा कसले के भुमिका निर्वाह गर्ने,  आगो लागेको समयमा आफुले कसरी भुमिका निर्वाह गर्न सकिन्छ र आगलागीको समयमा अपनाउन सकिने संयमताको विषयमा जानकारी गराइएको थियो । यता जिल्ला प्रशासन कार्यालय मनाङले डढेलो नियन्त्रणका लागि पूर्वतयारी थालेको छ ।

डढेलोको याम सुरु भएसँगै डढेलो नियन्त्रणका लागि प्रशासनले अग्नि नियन्त्रण उपकरण खरिद गरेको हो। अग्नि नियन्त्रण गर्न सुरक्षा निकायका लागि ३० थान फायर कन्ट्रोल वाटर ज्याकेट खरिद गरिएको मनाङका प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यले जानकारी दिए। जिल्ला सुरक्षा समितिको बैठकले मनाङका चार स्थानीय तहलाई अग्नि नियन्त्रणका उपकरणहरू खरिद गर्न अनुरोध गर्ने निर्णय गरी पत्राचारसमेत गरिएको आचार्यले बताए । मनाङमा गत वर्ष विभिन्न समयमा लागेको डढेलोबाट दुई हजार आठ सय १२ हेक्टर वन जलेर सखाप भएको थियो । 
 

ad
ad
ad
ad